शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

जनतालाई कोरोना सल्काएर माओवादी नेताहरू भूमिगत

जनतालाई कोरोना सल्काएर माओवादी नेताहरू भूमिगत

  • मिडिया डबली
  • बुधवार, पौष २८ २०७८

  • 4.2K
    SHARES

  • जनतालाई कोरोना सल्काएर माओवादी नेताहरू भूमिगत

    काठमाडौं - नेपालमा कोरोनाको तेस्रो लहर सुरु भइसकेको छ । आठ दिनमा कोरोना संक्रमणको दर आठै गुणाले बढेपछि सरकारले स्मार्ट लकडाउन लगाउने निर्णय गरेको छ ।

    काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सभा सम्मेलन नगर्न निर्देशन जारी गरेको छ । देशमा कोरोनाको तेस्रो लहर ल्याउन माओवादी केन्द्रको महाधिवेशनस्थल नै हटस्पट बन्न पुग्यो ।

    यदि माओवादीले आठ आठ दिनसम्म दुई हजार बढीलाई प्रज्ञा प्रतिष्ठानको हलमा थुनेर बन्दसत्र नगरेको भए अहिलेको जस्तो संक्रमण तीव्र नफैलने चिकित्सकहरू बताउँछन् ।

    माओवादी महाधिवेशनस्थलमा जो जो सहभागी भएका थिए त्यसमध्ये ८० प्रतिशतलाई कोरोना संक्रमण भएको बुझिएको छ । तिनैमार्फत परिवार र आफन्त तथा साथीभाइ संक्रमित भएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन गएका र उनीसँग सम्पर्कमा आएका जति कोही पनि अछुतो छैनन् । सबैलाई कोरोना देखिएको छ ।

    कति भने पाँचदलीय गठबन्धनको बैठकमा सहभागी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेत कोरोना संक्रमित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवामा भने रिपोर्ट नेगेटिभ आएको छ ।

    अहिले सहर बजारमा माओवादी नेताहरूकै कारण संक्रमण देशव्यापी फैलिएको चर्चा चल्ने गरेको छ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि आएको र उनीहरू आ–आफ्नो गाउँमा गएकाले सम्पर्कमा आएका जति सबैलाई कोरोना संक्रमण देखिएको छ ।

    केही दिनयता माओवादी नेताहरू एक दुईबाहेक सबै घरघरमै स्वास्थ्यलाभ लिएर बसेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend