शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

माओवादी केन्द्रको महाधिवेशन बन्यो कोरोना फैलाउने ‘इपी सेन्टर’

माओवादी केन्द्रको महाधिवेशन बन्यो कोरोना फैलाउने ‘इपी सेन्टर’

  • मिडिया डबली
  • शुक्रवार, पौष २३ २०७८

  • 5.4K
    SHARES

  • माओवादी केन्द्रको महाधिवेशन बन्यो कोरोना फैलाउने ‘इपी सेन्टर’

    काठमाडौं - हालै सम्पन्न माओवादी केन्द्रको महाधिवेशन नेपालमा कोरोनाको तेस्रो लहर फैलाउने ‘इपी सेन्टर’ बनेको छ ।

    माओवादी केन्द्रीय कार्यालयका शिव खकुरेलबाहेक सबै कर्मचारीलाई कोरोना हुनु, महाधिवेशनमा सहभागी भएका २० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । अहिले माओवादी केन्द्रका नेताहरू सबै घरघरमा बसेका छन् ।

    सबैलाई रुघा, खोकी, ज्वरोको लक्षण देखिएको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि यही संक्रमणका कारण आइसोलेसनमा बसेका छन् । उनले सबै राजनीतिक भेटघाट बन्द गरेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डले त बिहीबारदेखि नै प्रत्यक्ष राजनीतिक भेटघाट बन्द गरेका छन् । उनलाई कुनै संक्रमण नदेखिए पनि केन्द्रीय कार्यालयका कर्मचारी तथा स्वकीय सचिवालयका सहयोगीमा पनि कोरोना देखिएपछि प्रचण्ड परिवार अहिले अलग्गै बसेको छ ।

    उनी केही दिनदेखि हात्तीवनमा बस्दै आएको स्रोतले बतायो । वाईसीयलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा पनि अहिले रुघा, खोकी, ज्वरोबाट ग्रसित भएर घरमै आराम गरिरहेका छन् ।

    माओवादीका नेताहरूमा अहिले देखिएको यो लक्षण सबै ओमिक्रोनको लक्षण हुन सक्ने आशंका गरिएको छ । ओमिक्रोनको लक्षण डेल्टा भाइरसको जस्तै हुने तर घाँटीमा बढी असर गर्ने चिकित्सकहरू बताउँछन् ।

    नेपाली कांग्रेसको महाधिवेशन सकिँदासम्म कोरोनाको प्रभाव कमजोर भइसकेको थियो । तर, माओवादीले आठ दिनसम्म प्रज्ञा प्रतिष्ठानमा दुई हजार बढीको भेला गराएर महाधिवेशन गरेकाले पनि कोरोना संक्रमण विस्तार हुन सहयोग पुगेको देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend