शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

स्वकीय सचिवालयमा कार्यरत धेरैलाई कोरोना बढेपछि प्रचण्डले रोके भेटघाट

स्वकीय सचिवालयमा कार्यरत धेरैलाई कोरोना बढेपछि प्रचण्डले रोके भेटघाट

  • मिडिया डबली
  • बिहिवार, पौष २२ २०७८

  • 3.8K
    SHARES

  • स्वकीय सचिवालयमा कार्यरत धेरैलाई कोरोना बढेपछि प्रचण्डले रोके भेटघाट

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्र्रत्यक्ष भेटघाट बन्द गरेका छन् ।

    बिहीबार नोटिस जारी गर्दै प्रचण्डको स्वकीय सचिवालयले अब पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्ने जानकारी दिएको छ ।

    प्रचण्डको स्वकीय सचिवालयमा एकजनालाई कोरोना संक्रमण देखिएकाले तीन दिनदेखि प्रत्यक्ष भेटघाट र संवाद बन्द रहेको पनि जानकारी गराइएको छ । प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत शिव खकुरेलबाहेक सबैलाई कोरोना संक्रमण देखिएकाले प्रचण्डले भेटघाट रोकेका हुन् ।

    ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं ।

    यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ। हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं।

    कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौं। केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकाले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं,’ प्रचण्डको स्वकीय सचिवालयले जारी गरेको नोटिसमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend