शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

यी हुन् फागुन २० बाट राष्ट्रिय सभा सांसदबाट बिदा हुनेहरु [ विवरणसहित ]

यी हुन् फागुन २० बाट राष्ट्रिय सभा सांसदबाट बिदा हुनेहरु [ विवरणसहित ]

  • मिडिया डबली
  • मंगलवार, पौष २० २०७८

  • 9.6K
    SHARES

  • यी हुन् फागुन २० बाट राष्ट्रिय सभा सांसदबाट बिदा हुनेहरु [ विवरणसहित ]

    काठमाडौँ - आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ ।

    त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिला, एक अन्य गरी २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना, प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदै छ ।

    पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ ।

    यसपटक २० जनाको पदावधि सकिँदैछ । दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । 

    कांग्रेस, एमाले र एकीकृत समाजवादीले सोमबार नै राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएका थिए । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ।

    विभिन्न प्रदेशबाट १९ र मनोनित १ गरी २० जना फागुन २० गते बिदा हुँदैछन् । तिनीहरुमा प्रदेश १ बाट सबै एमालेका ३ जना रहेका छन् । उनीहरु अगमप्रसाद बान्तवा राई, नैनकला ओझा र परशुराम मेघी गुरुङ हुन् ।

    प्रदेश २ बाट एमालेका सुमनराज प्याकुरेल र माओवादी केन्द्रबाट शशिकला दाहाल बिदा हुँदैछन् । बागमती प्रदेशबाट कांग्रेसबाट राधेश्याम अधिकारी र एकीकृत समाजवादीबाट उदया शर्मा पौडेल बिदा हुँदैछन् ।

    गण्डकी प्रदेशबाट माओवादीका दिनानाथ शर्मा र खिमकुमार विक तथा एकीकृत समाजवादीबाट शान्ति जिसी बिदा हुँदैछन् । लुम्बिनी प्रदेशबाट एमालेका रामलखन चमार र कोमल वली तथा कांग्रेसबाट दृगनारायण पाण्डे बिदा हुँदैछन् ।

    कर्णाली प्रदेशबाट एमालेबाट कविता बोगटी, माओवादीबाट जीवन बुढा र एकीकृत समाजवादीबाट ठगेन्द्रप्रकाश पुरी बिदा हुँदैछन् ।

    त्यस्तै सुदूरपश्चिम प्रदेशबाट एमालेका चक्रप्रसाद स्नेही, कांग्रेसकी तारादेवी भट्ट र एकीकृत समाजवादीका शेरबहादुर कुँवर बिदा हुँदैछन् । मनोनितबाट वरिष्ठ अधिवक्तासमेत रहेका रामनारायण बिडारी बिदा हुँदैछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend