शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

आज सकिँदै माओवादी केन्द्रको महाधिवेशन, केन्द्रीय कार्यसमिति प्रचण्डकै खल्तीबाट आउने

आज सकिँदै माओवादी केन्द्रको महाधिवेशन, केन्द्रीय कार्यसमिति प्रचण्डकै खल्तीबाट आउने

  • मिडिया डबली
  • आइतवार, पौष १८ २०७८

  • 4.3K
    SHARES

  • आज सकिँदै माओवादी केन्द्रको महाधिवेशन, केन्द्रीय कार्यसमिति प्रचण्डकै खल्तीबाट आउने

    काठमाडौं - माओवादी केन्द्रको आठौं महाधिवेशन आठै दिनमा आइतबार सम्पन्न हुँदैछ । पुस ११ गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र शनिबार स्थगित गरिएको छ ।

    हिजो नै निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअनुसार १७ सय ४२ जना मतदाताको सूची प्रकाशित गरिएको छ । नेतृत्व चयनसमेत गर्ने महाधिवेशनले निर्वाचन प्रक्रिया सुरु नगरी सकिँदा निर्वाचन आयोगको कारबाहीमा पर्ने भएकाले पनि शनिबार राति मतादाता नामावली प्रकाशन गरिएको हो । आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

    बैठकमा प्रचण्डले सुरुमा पदाधिकारीको सूची प्रस्ताव गर्ने र निर्वाचनमा त्यही सूची सार्वजनिक गर्ने तयारी छ । एमालेको १०औं महाधिवेशनमा केपी ओलीले पनि त्यसरी नै केन्द्रीय कार्यसमितिको सूची प्रस्ताव गरेका थिए ।

    पछि निर्वाचन हुँदा त्यही प्रस्तावित नामका नेताहरू नै उम्मेदवार भएका थिए । माओवादी अध्यक्ष प्रचण्डले पनि पदाधिकारीमा सहमति जुटाएपछि केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गर्ने र अन्तिममा त्यही नाम सार्वजनिक गर्ने स्रोतले बतायो ।

    शनिबार बन्दसत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेर सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको हो । सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आज दिउँसो २ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गरेको छ । योसँगै नेताहरू सर्वसम्मतकै कोसिसमा जुटेका छन् ।

    रातभर खुमलटारमा केन्द्रीय समितिमा बस्ने नेताहरूको सूची बनाइएको थियो । महाधिवेशन आयोजक कमिटीको प्रदेशस्तरीय छलफलले आ–आफ्नो प्रदेशबाट केन्द्रीय समितिमा सहमतिबाट आउने आकांक्षीको प्रारम्भिक सूची तयार पारेर केन्द्रीय कार्यालयमा बुझाएको छ ।

    स्थायी कमिटी बैठकमा सबै प्रदेशबाट आएका नामहरूमा छलफल गर्ने र १ बजे सुरु हुने बन्दसत्रको हलमा केन्द्रीय कमिटीको सूची प्रस्तुत गर्ने तयारी भएको छ ।

    बन्दसत्र पहिले केन्द्रीय कमिटी प्रस्ताव गर्ने र त्यसपछि आजै केन्द्रीय समितिबाट पदाधिकारीसमेत टुंग्याउने तयारीमा माओवादी केन्द्र जुटेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend