शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

एकअर्काको सत्तोसरापपछि एमाले र माओवादी पुनः अंकमाल गर्ने तयारीमा

एकअर्काको सत्तोसरापपछि एमाले र माओवादी पुनः अंकमाल गर्ने तयारीमा

  • मिडिया डबली
  • बुधवार, पौष १४ २०७८

  • 9.1K
    SHARES

  • एकअर्काको सत्तोसरापपछि एमाले र माओवादी पुनः अंकमाल गर्ने तयारीमा

    काठमाडौं - माघ १२ गते राष्ट्रियसभा सदस्यको चुनावको मिति तोकिएको छ । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । तर, सरकारले अहिलेसम्म निर्वाचनको मिति तय गरेको छैन ।

    स्थानीय निर्वाचनलगत्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनेछ । त्यसैले अबको एक वर्ष देश चुनावमय हुनेछ । देश चुनावतिर लम्किँदा दलहरू आन्तरिक समीक्षामा लागेका छन् ।

    यतिबेला कम्युनिस्ट पार्टीहरू छिन्नभिन्नको अवस्थामा छन् । मधेस केन्द्रित दल पनि विभाजित अवस्थामा छन् । यो स्थितिमा एक एकअर्कालाई एक्ल्याउन उद्यत सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमाले अब कसरी अघि बढ्लान् ? एमाले र माओवादी केन्द्रबीच फेरि एकताको सम्भावना कति छ भन्ने विषयमा जोडघटाउ सुरु भएको छ ।

    सत्ता गठबन्धनमा सामेल माओवादी केन्द्र र एमालेबीच नेकपा खारेजपछि राजनीतिक तहमा दुश्मनीपूर्ण सम्बन्ध छ । केही समयअघिसम्म एकले अर्कोलाई सत्तोसराप गर्दै आएका थिए । एमालेले नेकपा एकीकृत समाजवादीको त अस्तित्वसमेत स्वीकारेको छैन ।

    यो स्थितिमा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेप्रति केही नरम देखिए । एमाले महासचिव शंकर पोखरेलले एकता जोगाउन नसकेकोमा पश्चाताप गरेपछि प्रचण्डले पुनः बहस हुनुपर्ने धारणा राखे ।

    राजनीतिक प्रतिवेदनमा उनले विचार मिल्ने शक्तिबीच वैचारिक र सांगठनिक एकीकरणको प्रस्ताव नै गरेका छन्। यसले एमाले र माओवादी केन्द्रबीच तिक्ततापूर्ण सम्बन्ध सुधार्दै हिमचिम बढ्न थालेको संकेत गरेको छ ।

    तीनै तहका निर्वाचनको सम्भावित रणनीति हेरेर एमाले अध्यक्ष केपी ओलीले फेरि एकपटक प्रचण्डसँग सहकार्य गर्न प्रस्ताव राखेको बुझिएको छ ।

    नेकपा विभाजनपछि केन्द्रदेखि सबै प्रदेशमा प्रतिपक्षमा पुगेको र राष्ट्रियसभाको निर्वाचनमा आफूलाई एक्ल्याउने गठबन्धनको रणनीतिले ओली चिन्तामा परेका छन् ।

    त्यसैले अहिले उनी प्रचण्ड फकाउने रणनीतिमा लागेको स्रोतले बतायो । एमाले अध्यक्ष ओलीले संसद विघटन गरेदेखि गठबन्धनमा आबद्ध भएका दलहरूको सहकार्य कहाँसम्म पुग्छ ? त्यो यसै भन्न सकिने अवस्था छैन ।

    तर एमाले र माओवादीले पुनः एकताको बहस आरम्भ गर्नुले दुवै दलले राजनीतिक भविष्य सुरक्षित गर्ने बाटो खोजे जस्तो देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend