काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूर्ण कदको ‘कटआउट’ महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठान परिसरमा राख्दा उनले नसोचेको आलोचना बेहोर्नुपरेको छ ।
एमाले अध्यक्ष केपी ओलीकै जस्तो लोकप्रिय र महाधिवेशन प्रचण्डमय बनाउन खोज्दा अहिले सामाजिक सञ्जालमा प्रचण्ड र माओवादीको तीव्र आलोचना भइरहेको छ । एमालेको दशौं महाधिवेशनमा ओलीको ‘कटआउट’ राखिएको थियो ।
त्यहीँ तस्बिर खिचाउने महाधिवेशन प्रतिनिधिको लर्को लागेको थियो । माओवादी केन्द्रका नेता कार्यकर्ताले पनि त्यसकै सिको गरेर प्रचण्डको पुत्ला राखेपछि आममानिसले आलोचना गरेका हुन् ।
चौतर्फी आलोचना भएपछि महाधिवेशनस्थलमा फोटो खिच्न बनाएको ठूल्ठूला पोस्टर र कटआउट प्रचण्डले तत्काल हटाउन निर्देशन दिएका थिए । त्यसलगत्तै सोमबार बिहानै सबै कटआउट हटाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।