शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डको छापामार शैली, राष्ट्रिय सम्मेलन भनेर अन्तिममा महाधिवेशन

प्रचण्डको छापामार शैली, राष्ट्रिय सम्मेलन भनेर अन्तिममा महाधिवेशन

  • मिडिया डबली
  • आइतवार, पौष ११ २०७८

  • 4.9K
    SHARES

  • प्रचण्डको छापामार शैली, राष्ट्रिय सम्मेलन भनेर अन्तिममा महाधिवेशन

    काठमाडौं -  कम्युनिस्टहरू भन्छन् एउटा अनि गर्छन् भन्ने पछिल्लो उदाहरण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् ।

    अरु पार्टीले धमाधम महाधिवेशन गर्दै जाँदा प्रचण्डले भने पार्टीको राष्ट्रिय सम्मेलन भनेर सबैमा भ्रम छरिरहे । राष्ट्रिय सम्मेलन भनेपछि कुनै विदेशी प्रतिनिधिलाई बोलाउनु नपर्ने ।

    देशमै पनि प्रमुख दलका शीर्ष नेतालाई निम्तो दिनु नपर्ने । फेरि पछिल्लो समय प्रचण्डको एमाले अध्यक्ष केपी ओलीसँग पानी बाराबारको स्थिति पनि छ ।

    त्यही भएर प्रचण्डले राष्ट्रिय सम्मेलन उदघाटनको अघिल्लो दिन शनिबारसम्म सम्मेलन नै भनिरहे । तर, शनिबार रातिदेखि भने नेताहरूलाई महाधिवेशन भनेर प्रचार गर्न लगाए । माओवादीमा करिब साढे तीन दशकसम्म प्रचण्डले नै नेतृत्व गर्दै आएका छन् ।

    यो सम्मेलनले पनि नेतृत्व नै चयन गर्ने हो । त्यही भएर अन्तिममा राष्ट्रिय सम्मेलन एक्कासि महाधिवेशनमा परिणत भएको छ । शनिबार साँझ पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनका रुपमा सम्पन्न गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

    राष्ट्रिय सम्मेलनप्रति आमरुपमा आकर्षण बढेको र महाधिवेशनकै प्रक्रिया अपनाइएकाले यस्तो निर्णय गरेको उनले दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend