बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीलाई गगनको काउन्टर एट्याक–‘समुन्नत नेपाल सम्मानित नेपाली’को अवधारणा ७२ सालमै ल्याएको हुँ’

ओलीलाई गगनको काउन्टर एट्याक–‘समुन्नत नेपाल सम्मानित नेपाली’को अवधारणा ७२ सालमै ल्याएको हुँ’

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 6.3K
    SHARES

  • ओलीलाई गगनको काउन्टर एट्याक–‘समुन्नत नेपाल सम्मानित नेपाली’को अवधारणा ७२ सालमै ल्याएको हुँ’

    काठमाडौँ- नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले ‘समुन्नत नेपाल सम्मानित नेपाली’ सहितको अवधारणा सार्वजनिक गरे पछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अवधारणा भएको टिप्पणी गरे ।

    ओलीको टिप्पणी प्रति कांग्रेस नेता थापाले शनिवार जवाफ फर्काउँदै यो अवधारणा २०७२मा नै ल्याएको बताएका छन् । थापाले शनिवार ट्विट गर्दै ओलीलाई जवाफ लेखेका छन्–‘केपी ओली ज्यू, मैले प्रस्तुत गरेको ‘समुन्नत नेपाल सम्मानित नेपाली’ अवधकारणा तपाइँले पनि पढेको थाहा पाएर खुशी लाग्यो, तर, यो अवधारण २०७२को संविधान जारी भएपछि ल्याएको हुँ ।’

    थापाले कांग्रेसको १३ औं महाधिवेशनमा यो अवधारणा सार्वजनिक गरेको भए पनि अहिले त्यसको थप विस्तारित स्वरुप सार्वजनिक गरेका हुन् ।

    ओलीले गगनप्रति लक्षित गर्दै आफ्नो सोच ‘समृद्ध नेपाल, सुखी नेपाली’ को स्पष्ट दृष्टिकोण आफ्नो भएको टिप्पणी गरेका थिए । ओलीले गगन थापालाई व्यंग्य गर्दै ‘आजकल अलिअलि सुनिन थालिएको छ, हामीले समृद्ध नेपाल, सुखी नेपाली भन्यौं ।

    अहिले त्यसबाट यताउता पार्न खोज्या, समुन्नत नेपाल र सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरू निस्किन खोजेको देखिन्छ ।’ थापाले ओलीलाई यसको जवाफ दिएका हुन् ।

    थापाले काठमाडौं ४बाट गत प्रतिनिधि सभाको निर्वाचन लड्दा सार्वजनिक गरेको घोषणा पत्रमा पनि ‘समुन्नत नेपाल सम्मानित नेपाली’ अभियानलाई प्रष्ट रुपमा लेखेको उनको घोषणा पत्रमा देखिन्छ ।

    २०७४ को निर्वाचनमा ओली गगनकै निर्वाचन क्षेत्र काठमाडौं ४मा गएर नेकपा एमालका उम्मेदवार राजन भट्टराईको पक्षमा मत माग्दै गगनप्रति टिप्पणी गर्दै सेलिब्रेटी उम्मेदवार भनेर टिप्पणी गरका थिए ।

    त्यस यता संसददेखि सार्वजनिक कार्यक्रममा गगन ओलीप्रति खरो टिप्पणी गर्दै आएका छन् । संसदमा ओली र थापाबीच सवालजवाफ चल्ने गरेको छ । ओलीले २०७४को निर्वाचन भएर प्रधानमन्त्री भएपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा अघि सारेका थिए ।

    कांग्रेस महाधिवेशनमा ओलीले टिप्पणी गरे पनि गगनले जवाफ फर्काउँदै ‘समुन्नत नेपाल सम्मानित नेपाली’ अवधारणाको बारेमा विस्तृत विवरणनै सार्वजनिक गरेका छन् ।

    gaganthapa.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend