काठमाडौं – पूर्व प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेले गरिरहेको बाहियात कामको नेता भीम रावलले पर्दाफास गरेका छन् ।
आईतबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले संसद अवरुद्ध पारिरहनुको कुनै औचित्य नभएको प्रस्ट पारेका छन् ।
अध्यक्ष ओलीले फेरि संसद अवरुद्ध गर्ने बताइरहेका बेला नेता रावलले जनताको आवाज उठानुपर्ने थलो अवरुद्ध गर्नुको अर्थ नभएको बताए ।
पार्टीले अवरोध नै गर्ने भए सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्ने, नभए अवरोधको अर्थ नहुने रावलको सुझाव रहेको छ ।
रावलले ट्विटरमा लेखेका छन्, ‘संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारवाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन । कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्यो, नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुपर्यो । अन्यथा म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर भनेझैं ठहर्छ ।’
एमाले अध्यक्ष पदमा ओलीसँग चुनाव हारेका रावल हाल कार्यकारी पदमा नरहेपनि राजनीतिक विषयमा टिप्पणी गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।