काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव नै हुने भएको छ ।
आईतबार राति महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी प्रस्ताव गरेर सोमबार बिहान ९ बजेसम्म चुनाव हुने जनाएका छन् ।
सोमबार बिहान ९ बजेपछि चुनावी कार्यक्रम सुरु हुने भएको छ । अध्यक्ष ओलीले पदाधिकारी प्रस्ताव गर्नुअघि छलफल गर्दा भीम रावलले अध्यक्षमा नै उम्मेदवारी दिने अडान लिएका हुन् ।
महाधिवेशनको बन्दसत्रमा ओलीले आगामी ५ वर्षको लागि निर्वाचित हुने पदाधिकारीमा आफ्नो नेतृत्वमा टीम घोषणा गरेका छन् । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई ल्याएका छन् ।
यसअघि वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले पनि दाबी गर्दै आएका थिए । ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेललाई अगाडि सारेका छन् ।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई ल्याइएको छ भने सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याललाई ल्याइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।