आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावललाई पाखा लगाउन केपी ओलीले निकाले यस्तो उपाय, आज यसरी हुँदैछ फैसला

भीम रावललाई पाखा लगाउन केपी ओलीले निकाले यस्तो उपाय, आज यसरी हुँदैछ फैसला

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 4.6K
    SHARES

  • भीम रावललाई पाखा लगाउन केपी ओलीले निकाले यस्तो उपाय, आज यसरी हुँदैछ फैसला

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुन जोडबल गरिरहेका भीम रावललाई पाखा लगाउन अध्यक्ष केपी शर्मा ओलीले उपाय निकालेका छन् ।

    सुरुमा ओलीलाई रावललाई सम्झाइबुझाइ गर्ने र नमानेपछि बन्दसत्र हलमा प्रतिनिधिलाई हात उठाउन लगाएर मत परीक्षण गराउने उपाय निकालेका छन् ।

    हलमा रावलको पक्षमा खुलेरै हात उठाउने प्रतिनिधि खासै नभएकाले रावललाई कमजोर देखाएर चुनाव नै नगर्ने रणनीति ओलीले लिएका छन् । 

    स्रोतका अनुसार हलमा रावलको पक्षमा कम प्रतिनिधि रहेको देखाएर अध्यक्ष ओलीले खल्तीबाट प्रस्ताव गरेका पदाधिकारी र केन्द्रीय सदस्यलाई अनुमोदन गरिने भएको छ ।

    शनिबारको बन्दसत्रबाट पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिइए पनि भीम रावलले आपत्ति जनाएका थिए । तर रावललाई पाखा लगाउन ओलीले हलमै हात उठाउन लगाउने उपाय निकालेका छन् ।

    यसरी एमालेले मतदान नै नगरी पदाधिकारी चयन गर्ने तयारी गरेको छ । आजै पदाधिकारी चयन गरेर महाधिवेशन समापन हुने स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend