आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेभित्र भीम रावलको विद्रोह, केपी ओलीकै सामु बन्दसत्रमा हंगामा

एमालेभित्र भीम रावलको विद्रोह, केपी ओलीकै सामु बन्दसत्रमा हंगामा

  • मिडिया डबली
  • शनिवार, मंसिर ११ २०७८

  • 4.8K
    SHARES

  • एमालेभित्र भीम रावलको विद्रोह, केपी ओलीकै सामु बन्दसत्रमा हंगामा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ताली बजाएर पार्टी पदाधिकारी र केन्द्रीय सदस्य छान्ने एकलौटी अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएपछि अध्यक्षका अर्का उम्मेदवार भीम रावलले विद्रोह गरेका छन् ।

    बन्दसत्रमा उपाध्यक्ष भीम रावलले लोकतान्त्रिक अभ्यास र स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त अनुशरण नगरेमा दुनियाँसामु अनुहार देखाउन समेत नसकिने तर्क गरेका छन् ।

    बन्दसत्रमा ओली पक्षका धेरै प्रतिनिधि रहेको बेला सम्पूर्ण केन्द्रीय कमिटी छान्ने अधिकार ओलीलाई दिइएपछि रावलले विद्रोही अभिव्यक्ति दिएका छन् ।

    बन्दसत्र हलले सहमतिमै नेतृत्व चयनका लागि उम्मेदवारको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको निर्णय सुनाइएपछि रावलले बोल्ने समय मागेर विद्रोह व्यक्ति गरेका छन् । 

    रावलले भने, ‘हाम्रो विधानको धारा १६ मा राष्ट्रिय महाधिवेशनबाट निवार्चित गर्ने भनिएको छ । यस्तो हो भने अब उप्रान्त निर्वाचन हुँदैन, फलानोले प्रस्ताव गरे हुन्छ भनेर विधानमा लेखौं । दुनियाँका सामुन्ने हामीले कसरी अनुहार देखाउने ?’

    रावलले बन्दसत्रमा अध्यक्ष ओलीकै सामुन्ने विद्रोह गरेपछि हंगामा भएको छ । रावलले ओलीलाई अधिकार दिने निर्णयको कडा विरोध गरेका छन् ।

    रावलले भने, ‘लोकतान्त्रिक अभ्यास, स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त हो, सजिलो परेका बेला भइहाल्छ भनेर जाँदा पछि अप्ठ्यारो पर्नसक्छ ।’

    बन्दसत्रले सर्वसम्मत रूपमा पदाधिकारी र सदस्यहरू चयन गर्ने सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । यसरी ओलीले पदाधिकारी र सदस्य छान्ने अधिकार पाएपछि अब सबै पदाधिकारी ओलीको खल्तीबाटै निस्किने भएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विष्णु पौडेलको प्रस्तावलाई ताली बजाएर बन्दसत्रले अनुमोदन गरेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend