काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन क्रममा अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्ने तयारी गरेको रात्रिभोजको भोजभतेर रद्द गरिएको छ ।
अध्यक्ष ओलीले मंसिर ११ गते सौराहामा महाधिवेशन प्रतिनिधिका लागि रात्रिभोज गर्ने तयारी भएको थियो तर मंगलवारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले भोजभतेरको विरोध गरेपछि रात्रिभोज रद्द गरिएको हो ।
उपाध्यक्ष रावलले महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्ने गरी भोजभतेर दिन नहुने धारणा राखेका थिए ।
दशौं महाधिवेशनका लागि रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । ओलीले उम्मेदवारीको औपचारिक घोषणा गरिसकेका छैनन् ।
समकालीन नेताहरु बाहिरिएपछि ओली पार्टीमा निर्विकल्प अध्यक्ष बन्ने भएका छन् तर वर्तमान उपाध्यक्ष रावलको उम्मेदवारी कायमै रह्यो भने उनी सर्वसम्मत हुन भने नपाउने भएका छन् ।
एमालेको महाधिवेशन कार्यतालिका अनुसार मंसिर ११ गते उम्मेदवारी मनोनयन हुँदैछ । ओलीले आफू निर्विरोध चुनिने आकलन गरेर रात्रिभोज आयोजना गर्ने तयारी गरेको भए पनि रावलले विरोध गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।