आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीसँग अध्यक्षमा भिड्न लागेका बेला भीम रावललाई मिल्यो नयाँ जिम्मेवारी

केपी ओलीसँग अध्यक्षमा भिड्न लागेका बेला भीम रावललाई मिल्यो नयाँ जिम्मेवारी

  • मिडिया डबली
  • बुधवार, मंसिर ८ २०७८

  • 4.3K
    SHARES

  • केपी ओलीसँग अध्यक्षमा भिड्न लागेका बेला भीम रावललाई मिल्यो नयाँ जिम्मेवारी

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदमा भिड्ने घोषणा गरिसकेका उपाध्यक्ष भीम रावललाई नयाँ जिम्मेवारी मिलेको छ ।

    महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि गठित ११ सदस्यीय अध्यक्ष मण्डलमा भीम रावललाई समेत जिम्मेवारी दिइएको छ ।

    नेकपा एमालेको मंगलवार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा. भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा परेका छन् ।

    अध्यक्ष मण्डलमा परेका रावलबाहकेका सबै नेता केपी ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् भने रावल आफैं अध्यक्ष बन्न खोजेका छन् । रावलले केही दिनअघि आफू अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

    नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा माइन्युट कमिटीका लागि सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य सूर्य थापा, मनोजजंग थापा, विष्णु रिजाल, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साहलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

    मंसिर १० गतेदेखि चितवनमा हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित १ हजार ८८९, पदेन २३९ महाधिवेशन प्रतिनिधि छन् भने महोत्तरी, रौतहट, भूपू सैनिक क्षेत्र, मजदुर विशेषबाट प्रतिनिधि चयन हुन बाँकी ६७ जनाका साथै कूल ५ प्रतिशत मनोनित १०३ हुने जनाइएको छ । यी प्रतिनिधिमा १९५ दलित र ५७६ महिला प्रतिनिधि रहने भएका सचिव भट्टराईले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend