आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीविरुद्ध भीम रावल मैदानमा, पत्रकार सम्मेलनबाटै विशेष घोषणा

केपी ओलीविरुद्ध भीम रावल मैदानमा, पत्रकार सम्मेलनबाटै विशेष घोषणा

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 4.6K
    SHARES

  • केपी ओलीविरुद्ध भीम रावल मैदानमा, पत्रकार सम्मेलनबाटै विशेष घोषणा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणाको तयारी गरेका छन् ।

    आज आईतवार दिउँसो राजधानीमा पत्रकार सम्मेलन गरेर रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन् ।

    दिउँसो विशेष पत्रकार सम्मेलन गरेर १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिने रावलनिकट स्रोतले जानकारी दिएको छ ।

    उपाध्यक्ष रावलले टीम बनाएरै चुनाव लड्ने गरी तयारी गरिरहेका जनाइएको छ । चितवनमा आगामी मंसिर १०–१२ गतेसम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने सपनामा धक्का लागेको छ ।

    एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्ष सहितका पदाधिकारी सर्वसम्मतरूपमा छान्ने कसरत गर्दै आएका छन् । ओली पक्षका नेताले भने ओली अध्यक्ष हुने दाबी गर्दै आएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend