आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस महामन्त्री बन्न घमासान भिडन्त, गगन र विश्वप्रकाशले बाजी मार्न सक्लान् ? (नामसहित)

कांग्रेस महामन्त्री बन्न घमासान भिडन्त, गगन र विश्वप्रकाशले बाजी मार्न सक्लान् ? (नामसहित)

  • मिडिया डबली
  • शनिवार, मंसिर ४ २०७८

  • 7.8K
    SHARES

  • कांग्रेस महामन्त्री बन्न घमासान भिडन्त, गगन र विश्वप्रकाशले बाजी मार्न सक्लान् ? (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महामन्त्री बन्नमा दोस्रो पुस्ताका नेता मात्रै मैदानमा देखिएका छन् ।

    सभापतिपछि कार्यकारी भूमिकामा महामन्त्री शक्तिशाली मानिएको छ । विगतका महाधिवेशनबाट महामन्त्री पदमा १ जना मात्र निर्वाचित हुने व्यवस्था थियो तर विधान संशोधनपछि १४औं महाधिवेशनबाट २ महामन्त्री निर्वाचित हुने भएका छन् ।

    कांग्रेसका १४ पदाधिकारीमा कोषाध्यक्षबाहेक अरु निर्वाचित हुने व्यवस्था गरिएको छ ।

    महामन्त्रीका आकांक्षीहरु प्यानलमै उम्मेदवार बन्ने दाउमा देखिएका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्मा आकांक्षी रहेका छन् ।

    राप्रपाबाट एकता गरी आएका सुनिल थापा समेत संस्थापनबाटै उम्मेदवार बन्न ‘लबिङ’ गरिरहेका नेताहरु बताउँछन् । 

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट गगन थापा, डा. मीनेन्द्र रिजाल र धनराज गुरुङ आकांक्षी रहेका छन् । नेता कृष्णप्रसाद सिटौला पक्षबाट प्रदीप पौडेल आकांक्षी रहेका छन् । 

    थापा पौडेल पक्षलाई एकजुट बनाएर आफू उम्मेदवार बन्ने रणनीतिमा रहेका नेताहरु बताउँछन् । देउवाइतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्ने धारणा नेताहरुले राख्दै आए पनि सहमति जुटेको छैन । पौडेल पक्षबाट जसले सभापति पाउंँछ, त्यहीभित्रको अर्को पक्षले महामन्त्री पाउने नेताहरु बताउँछन् । डा. शशांक कोइरालाले सभापति पदको उम्मेदवारी नपाए डा. रिजाललाई महामन्त्री अघि सार्ने सम्भावना रहेको छ ।

    डा. शेखर कोइराला सभापतिको उम्मेदवार नबने गुरुङलाई महामन्त्रीमा अघि सार्ने सम्भावना रहेको युवा नेताले बताएका छन् ।

    तरुण दल र नेविसंघको सांगठनिक नेटवर्कमा राम्रो पकड भएका खाँण सशक्त दाबेदार देखिएका छन् तर देउवा पक्षकै सहमहामन्त्री डा. महत भन्छन्, ‘सबै शीर्ष नेतृत्वसँग छलफल गरेरै अगाडि बढेको छु । सहमहामन्त्री भइसकेकाले महामन्त्रीमा मेरो उम्मेदवारी स्वाभाविक हो ।’

    २०४८ सालमै नेविसंघ सभापति भएका साउँद समेत संगठनमा बलिया छन् । ‘मेरो उम्मेदवारीको पहिलो प्राथमिकता नै महामन्त्री हो,’ उनी भन्छन्, ‘शीर्ष नेतृत्वमा मिलेर जानुपर्‍यो भने पनि म प्रमुख पदाधिकारी पदको उम्मेदवारबाट बाहिर जान्नँ ।’ देउवानिकट अर्का नेता लेखक महामन्त्री पदमा आफूले उम्मेदवारी पाउनुपर्ने बताइरहेका छन् । प्रवक्ता शर्माले उम्मेदवारी घोषणा नै गरिसकेका छन् । 

    पौडेल पक्षमा सहमति भए गुरुङ सहमहामन्त्रीको उम्मेदवार हुनसक्ने नेताहरु बताउँछन् । शिव हुमागाईं, उमाकान्त चौधरी, प्रदीप पौडेल, गुरु घिमिरे, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, रामकृष्ण यादव लगायत नेताले सहमहामन्त्री उम्मेदवार सुरक्षित हुन महामन्त्रीमा दावी गरिरहेको नेताहरु बताउँछन् । 

    समानुपातिक समावेशी समूहबाट ८ सहमहामन्त्रीको व्यवस्था छ । खुला सहमहामन्त्रीमा देउवाको टीमबाट सुरेन्द्र पाण्डेलगायत नेता दाबेदार रहेका छन् । समावेशी सहमहामन्त्रीमा डिना उपाध्याय, ईश्वरी न्यौपाने, कमला पन्त, पुष्पा भुसाल, अम्बिका बस्नेत र डिला संग्रौलाको दाबेदारी छ । मधेशीतर्फ महेन्द्र यादव र अजय चौरासिया, पिछडिएको क्षेत्रतर्फ कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही दलिततर्फ मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा, जनजातितर्फ भीष्मराज आङदाम्बे, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारूतर्फ रामजनम चौधरी, उमाकान्त चौधरी लगायतको दाबेदारी रहेका छ ।

    सहमहामन्त्रीमै खुलातर्फ गुरु घिमिरे, दीपक गिरी र हृदयराम थानीको दाबेदारी रहेको छ । काठमाडौंमा मंसिर २४ गतेदेखि ३ दिन महाधिवेशन हुँदैछ । आजको अन्नपूर्ण पोस्टमा दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend