आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली प्रवृत्तिविरुद्ध एमालेभित्र भीम रावलसहित १२०० जनाको विद्रोह, यस्तो कदमले देशभर तरङ्ग

ओली प्रवृत्तिविरुद्ध एमालेभित्र भीम रावलसहित १२०० जनाको विद्रोह, यस्तो कदमले देशभर तरङ्ग

  • मिडिया डबली
  • बुधवार, मंसिर १ २०७८

  • 5.0K
    SHARES

  • ओली प्रवृत्तिविरुद्ध एमालेभित्र भीम रावलसहित १२०० जनाको विद्रोह, यस्तो कदमले देशभर तरङ्ग

    काठमाडौं – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्दा सहमतिको नाममा स्वेच्छाचारिता बढेको गुनासो सर्वत्र सुनिएका बेला पार्टी उपाध्यक्ष भीमबहादुर रावलले खुला विद्रोह गरेका छन् ।

    एमालेमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीले देखाउँदै आएको स्वेच्छारिता र मनपरी प्रवृत्ति महाधिवेशन प्रतिनिधि छनौटमा समेत देखिएपछि उपाध्यक्ष रावल विरोधमा उत्रिएका छन् ।

    उपाध्यक्ष रावलले दशौं महाधिवेशन प्रतिनिधि छनोटमा कैलाली लगायतका जिल्लामा बेथितिपूर्ण ढंगले भएको भन्दै रद्द गरी पुनः निर्वाचन गर्न माग गरेका छन् ।

    आज बुधवार विज्ञप्ति जारी गर्दै नेता रावलले पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका कार्य भएको आरोप लगाउँदै विरोध गरेका छन् ।

    रावलले विज्ञप्तिमा भनेका छन्, ‘विधि र पद्धतिको पूर्णपालना गरी दशौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो तर यस्तो चाहना र आवश्यकता विपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन् । कैलाली लगायतका कतिपय जिल्लामा सदस्यता वितरण, नवीकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे मैले पार्टीका बैठकहरुमा कुरा उठाउनुका साथै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराई त्यस्ता क्रियाकलाप रोकी विधि र पद्धतिसम्मत किसिमले काम गर्न निर्देशन हुन मैले मात्र होइन, अरुबाट पनि माग गरिएको थियो ।’

    उपाध्यक्ष रावलले बेथितिको उदाहरण दिँदै कैलाली जिल्लाको २ नम्बर निर्वाचन क्षेत्र, लम्कीचुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचारी कार्यलाई प्रस्तुत गरेका छन् ।

    उनले भनेका छन्, ‘बिडम्बना ! प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रिया विना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ । यसका विरुद्ध उक्त क्षेत्रका १२०० बढी पार्टी सदस्यहरूले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेका छन् । यसको पार्टी अध्यक्ष र संगठन विभागबाट सुनुवाई होस् र पार्टीको निर्णय–निर्देशन विपरीत कथित प्रतिनिधि चयन रद्द गरी विधिसम्मत किसिमले प्रतिनिधिको चयन गरियोस् ।’

    अध्यक्ष ओलीको डरले चुइँक्क बोल्न नसकेका एमालेका पीडित नेता कार्यकर्ता उपाध्यक्षको विद्रोहसँगै जुर्मुराउन थालेका स्रोतले जनाएको छ । उपाध्यक्ष रावलको विद्रोही अभिव्यक्तिले एमालेभित्र देशभर तरङ्ग ल्याएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend