शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डलाई हेलिकप्टरको हावा लागेपछि अस्पताल भर्ना, यस्तो देखियो स्वास्थ्य समस्या !

प्रचण्डलाई हेलिकप्टरको हावा लागेपछि अस्पताल भर्ना, यस्तो देखियो स्वास्थ्य समस्या !

  • मिडिया डबली
  • शनिवार, कार्तिक २७ २०७८

  • 3.1K
    SHARES

  • प्रचण्डलाई हेलिकप्टरको हावा लागेपछि अस्पताल भर्ना, यस्तो देखियो स्वास्थ्य समस्या !

    काठमाडौं – हेलिकप्टरमा ओहोरदोहार गर्दा पनि धपेडी हुने र त्यसले गर्दा बिरामी नै पर्ने अवस्था आउँछ भनेर पत्याउनुहुन्छ ? हेलिकप्टरलाई बिलासी साधन मानिन्छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यही हेलिकप्टरको हावा लागेर बिरामी परेका छन् ।

    प्रचण्डलाई उच्च रक्तचाप, वान्ता हुने लगायतका समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

    अध्यक्ष प्रचण्डको अवस्था सामान्य रहेको र चाँडै डिस्चार्ज हुने उनकी छोरी गंगा दाहालले बताइन् । कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला र पूर्वका भोजपुर लगायतका ठाउँमा पार्टीका कार्यक्रममा सहभागी हुँदा धपेडी र चापका कारण प्रचण्ड बिरामी परेका गंगाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

    गंगाले लेखेकी छन्, ‘कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो । अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिने छ । धन्यवाद !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend