शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

  • मिडिया डबली
  • सोमवार, कार्तिक १५ २०७८

  • 3.6K
    SHARES

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

    काठमाडौं - स्कटल्यान्डको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । 

    प्रधानमन्त्री देउवाले आज अन्तर्राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २६) लाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनलाई सम्बोधन गर्न देउवा बेलायतको राजधानी लन्डनबाट स्कटल्यान्डको ग्लास्गो सहर पुगिसकेका छन् ।

    ग्लास्गोमा सम्मेलनलाई सम्बोधन गरेपछि साइडलाइन भेटवार्तामा देउवा र मोदीबीच दुईपक्षीय राजनीतिक कुराकानी हुनेछ । देशमा न्यायलयमाथि प्रश्न उठिरहेका बेला पनि देउवाको स्कटल्यान्ड भ्रमणको मुख्य उद्देश्य पनि भारतीय प्रधानमन्त्री मोदीसँग भेट गरी सम्बन्ध सुधार रहेको बालुवाटार निकट स्रोतले जानकारी दियो । 

    प्रधानमन्त्री भएपछि देउवाले भारतसँग सम्बन्ध सुधारका लागि विभिन्न राजनीतिक भ्रमण गराएका छन् । कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतलाई भारतीय जनता पार्टीका महासचिव विजय चौथाइवालेलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिन लगाए ।

    पछि महतसहितका तीन कांग्रेस नेतालाई नयाँ दिल्लीको भ्रमणमा पठाएका थिए । त्यसपछि नै मोदीसँगको भेटवार्ता तय भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:४९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend