आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले वडा र पालिका अधिवेशनमा कता हराए बादल, भीम रावल र प्रभु साह ?

एमाले वडा र पालिका अधिवेशनमा कता हराए बादल, भीम रावल र प्रभु साह ?

  • मिडिया डबली
  • बुधवार, कार्तिक १० २०७८

  • 3.9K
    SHARES

  • एमाले वडा र पालिका अधिवेशनमा कता हराए बादल, भीम रावल र प्रभु साह ?

    काठमाडौं - एमालेको वडा र पालिका तहको अधिवेशन अहिले जारी छ । धेरै वडामा सर्वसम्मत भएको भनेर प्रचार गरिए पनि त्यस्तो नभएको तथ्य खुलेको छ ।

    एमाले उपाध्यक्ष भीम रावलले त सुदूरपश्चिम प्रदेशका कतै पनि वडा तहको अधिवेशन नै नभएको भनेर अध्यक्ष केपी ओलीको धोती नै खुस्काइदिएका छन् । सोही कारण ओलीले यस विषयमा आफूले रावलसँग कुराकानी गर्ने भनेर सार्वजनिक रूपमै बोल्नुपर्ने बाध्यता आइलाग्यो । 

    सुदूरपश्चिम प्रदेशमा रावल र लेखराज भट्टमध्ये को प्रदेश इन्चार्ज भन्ने नुटंगिएकाले पनि वडा र पालिका तहको अधिवेशन हुन नसकेको बताइन्छ । मंगलबार एकैदिन सात सय ५३ पालिकामा सम्पन्न गर्ने भनिएको अधिवेशन पनि सकिएन ।

    आज पनि धेरै ठाउँमा गर्ने प्रयास हुँदैछ । भएका ६ सय पालिका अधिवेशनमध्ये एक सयवटामा मात्र सर्वसम्मत भएको छ । बाँकीमा निर्वाचनको प्रक्रियाबाट टुंगो लगाउने तयारी भएको छ ।

    एमालेको पालिका तहको अधिवेशनमा अहिलेसम्म भीम रावल, रामबहादुर थापा बादल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, प्रभु साह जस्ता नेता कतै मञ्चमा देखिएका छैनन् ।

    एमालेका १० भाइमध्ये सुरेन्द्र पाण्डे मात्र देखिएका छन् । योगेश विरामी छन् । गोकर्ण र घनश्यामले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन् ।

    रावलले त ओलीसँग असन्तुष्टि नै जनाइसकेका छन् । प्रभु साहले अर्को पार्टी गठनको तयारी गरेका छन् । बादल पनि त्यति सक्रिय छैनन् । फेरि पनि ओली नै अध्यक्ष बन्ने स्थिति देखिएपछि एमालेका धेरै नेता निष्क्रिय हुन थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend