काठमाडौं – सर्वाेच्च अदालतमा यतिबेला मुद्दाको नियमित सुनुवाइ भइरहेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले तोकेको पेशी अधिकांश न्यायाधीशहरूले बहिष्कार गरेका छन् ।
न्यायाधीश, कानून व्यवसायी लगायत क्षेत्रले राणाको राजीनामा मागिरहेको छ । तर राणा राजीनामा दिने मूडमा छैनन् ।
सर्वाेच्च अदालतमा हाल २० जना न्यायाधीश छन् । जसमध्ये १५ न्यायाधीश खुलेरै प्रधानन्यायाधीश राणाको विपक्षमा लागेका छन् । यस्तै बेला सर्वाेच्चका न्यायाधीशलाई अमेरिकाबाट एउटा इमेल आएको स्रोतको दाबी रहेको छ ।
बिदामा रहेका ३ जना न्यायाधीशमध्ये ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् । न्यायाधीश खतिवडाले अमेरिकाबाटै इमेल गरेर आफू न्यायालयको शुद्धीकरणको पक्षमा रहेको स्पष्ट पारेका छन् । खतिवडा पनि राणाको विपक्षमा देखिएका छन् ।
बिदा लिएर खप्तड भ्रमणमा रहेका न्यायाधीशहरू अनिलकुमार सिन्हा र सपना प्रधान मल्लले समेत इमेलमार्फत नै राणाविरुद्धको अभियानमा समर्थन जनाएका स्रोतको दाबी छ ।
अमेरिकाबाट न्यायाधीश ईश्वरले सबै न्यायाधीशलाई इमेल गरेको जानकारी मंगलबारको बैठकमा गराइएको छ । सर्वाेच्चको विवाद तत्काल समाधान हुने संकेत नदेखिएपछि अनिश्चित बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।