आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भोलि देशभरका अदालत बन्द हुने, किन गरियाे अचानक निर्णय ?

भोलि देशभरका अदालत बन्द हुने, किन गरियाे अचानक निर्णय ?

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 6.5K
    SHARES

  • भोलि देशभरका अदालत बन्द हुने, किन गरियाे अचानक निर्णय ?

    काठमाडौं- भोलि (असोज १ गते) देशभरका सबै अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतमा आज आकस्मिक रुपमा बसेको पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनको शोक मनाउन सर्वोच्च अदालत, सबै उच्च अदालत र जिल्ला अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली मिश्रले एक विज्ञप्ति निकाल्दै यो कुराको जानकारी दिएका हुन् । २०१३ साल जेठ ८ गते देखि ०१६ साल असार १५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहेका सिंहको हिजो भदौ ३० गते साँझ निधन भएको थियो ।  

    सिंह बिक्रम संवत १९७६ साल माघ २० गते सप्तरीमा जन्मिएका थिए । २००३ सालमा बडाहाकिम भएर उनले सरकारी सेवा प्रवेश गरेका थिए । 

    court_UTi3lqSqRX.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २६ २०७७०६:४५:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend