आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलको राजीनामामाथि केपी ओलीको यस्तो खिसी टिउरी ! अब के गर्छन् १० भाइ ?

भीम रावलको राजीनामामाथि केपी ओलीको यस्तो खिसी टिउरी ! अब के गर्छन् १० भाइ ?

  • मिडिया डबली
  • आइतवार, कार्तिक ७ २०७८

  • 4.6K
    SHARES

  • भीम रावलको राजीनामामाथि केपी ओलीको यस्तो खिसी टिउरी ! अब के गर्छन् १० भाइ ?

    काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीम रावलले दश बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट राजीनामा दिएको घटनालाई उपेक्षा गरेका छन् । उनले यो विषयलाई महत्व नै दिइरहनुपर्ने नभएको भन्दै उल्टै हतोत्साही गरेका छन् ।

    दश बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाउँदै शुक्रबारको स्थायी समिति बैठकमा रावलले पाँच पृष्ठको असहमतिपत्र दर्ता गराउने जानकारी गराउँदै कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए । तर, त्यो विषय कुनै महत्वको नभएको ओलीको बुझाई छ ।

    ‘उहाँले राजीनामा केको गर्नु भो ? सहजीकरणको संयोजक हुनुहुन्थ्यो, सहजीकरण गर्न मैले सकिनँ त्यसकारण मेरो राजीनामा भन्नुभो, त्यो त्यत्रो ठूलो कुरा पनि होइन, त्यो लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन,’ ओलीले शनिबार सञ्चारकर्मीहरूसँग भने । 

    ओलीले एमाले एकढिक्का रहेको दावी गर्दै पार्टीमा कुनै समूह नरहेको घोषणा गरे तर पार्टी विभाजन छाडेर एमालेमै बसेका रावलसहित स्थायी समितिका दश नेताहरूलाई तेस्रो धार समूह या दश नेताको समूहका रुपमा सम्बोधन गर्दै आएका छन् ।

     ‘को दश भाइ ? दशजना भन्ने कुरा नै होइन नि, दशजना माथिको साथीहरू हुनुहोला, अरु तलका हुनुहोला । दशजना र १२ जना भन्ने कुरै छैन । हाम्रो पार्टी एकदम एकढिक्का छ ।’ ओलीको यो अभिव्यक्तिले माधवकुमार नेपाल छाडेर एमालेमै बसेका १० भाइलाई ठूलो धक्का लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend