आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीसँग टक्कर लिँदै उपाध्यक्ष भीम रावलले एमालेको जिम्मेवारीबाट दिए राजीनामा

ओलीसँग टक्कर लिँदै उपाध्यक्ष भीम रावलले एमालेको जिम्मेवारीबाट दिए राजीनामा

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ५ २०७८

  • 9.0K
    SHARES

  • ओलीसँग टक्कर लिँदै उपाध्यक्ष भीम रावलले एमालेको जिम्मेवारीबाट दिए राजीनामा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजक सम्बन्धी पार्टीले दिएको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

    पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले अवरोध गरेको आरोप लगाउँदै संयोजक रावलले राजीनामा दिएका छन् ।

    आज शुक्रवार ललितपुरको तुलसीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले ५ पृष्ठ लामो फरक मत राख्दै कार्यदल संयोजकबाट राजीनामा दिएका छन् ।

    उपाध्यक्ष रावलले बैठकमा भने, ‘कार्यदलको प्रतिवेदन स्थायी कमिटीमा राखेको थिएँ, कार्यान्वयनको प्रस्ताव पनि गरेको थिएँ । राम्रो वातावरणमा छलफल भएको थियो तर निष्कर्ष सुनाउँदै गर्दा अध्यक्षले हाम्रा सबै छलफल, १० बुँदे सहमति, अन्तरपार्टी निर्देशिका १२ भन्दाभिन्दै किसिमले १० बुँदे कार्यान्वयन नगर्ने दिशाबाट कुरा राखेको हुनाले सहमत हुन सकिएन । त्यसकारण मैले ५ पृष्ठ लामो फरक मत दर्ज गरेको छु । कार्यदलमा यति लामो कुरा गर्दा पनि र भीम रावललाई नै जिम्मा छ नि, कार्यान्वयन गरिहाल्छ नि ! भनेर कतिपय साथीहरुले सार्वजनिक रुपमा अन्तर्वार्ता दिने अनि कार्यदलमा भएका छलफल र निर्णय समेत मान्य नहुने भएपछि कार्यदलमा बस्नुको कुनै औचित्य नभएको हुनाले राजीनामा दिने घोषणा गरेको छु ।’

    उपाध्यक्ष रावलले राखेको फरक मतमा उपमहासचिव घनश्याम भुसालले समेत सहमति जनाएका छन् । उपाध्यक्ष रावलको राजीनामासँगै एमालेभित्रको विवाद सतहमा आएको छ । अध्यक्ष ओलीसँग विवाद देखिएपछि रावलले राजीनामा दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend