आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीसँग द्वन्द्वले एमालेमा रहने/नरहने अन्तिम फैसला गर्न असोज ३ गते पर्खिंदै भीम रावल

ओलीसँग द्वन्द्वले एमालेमा रहने/नरहने अन्तिम फैसला गर्न असोज ३ गते पर्खिंदै भीम रावल

  • मिडिया डबली
  • बुधवार, भाद्र ३० २०७८

  • 4.7K
    SHARES

  • ओलीसँग द्वन्द्वले एमालेमा रहने/नरहने अन्तिम फैसला गर्न असोज ३ गते पर्खिंदै भीम रावल

    काठमाडौं - एमाले सुदूरपश्चिम इन्चार्ज विवादले पार्टीमा ठूलो रडाको मच्चिने देखिएको छ ।

    मंगलबार एमाले उपाध्यक्ष समेत रहेका भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्ट दुवैले आफू नै सुदूरपश्चिम इन्चार्ज भएको दाबी गरेपछि यो विवादले उग्ररूप लिने संकेत देखिएको हो ।

    एमाले अध्यक्ष केपी ओलीले रावल सहभागी बैठकमा भट्टलाई सुदूरपश्चिमको इन्चार्ज भएको घोषणा गरेका थिए । तर मंगलबार धनगढी पुगेर रावलले कसैले पेलेकै भरमा आफूलाई इन्चार्जबाट हटाउन नसक्ने घोषणा गरेपछि उनीनिकट नेता कार्यकर्ता हौसिएका छन् । रावल पक्षका नेता कार्यकर्ताले भट्टलाई इन्चार्ज मान्न नसक्ने चेतावनी दिएका छन् ।

    ‘१० बुँदे सहमतिपछि पूर्णरूपमा २ जेठा ०७५ अघिको पार्टी संरचना सञ्चालन हुनुपर्दछ,’ एमाले केन्द्रीय सदस्य भानुभक्त जैशीले भने, ‘त्यसबाहेक पार्टी अघि बढ्न खाजेमा मान्य हुँदैन, सहमति कार्यान्वयन नभए त्यसको परिणाम अर्कै हुनेछ ।’

    पूर्व वनमन्त्री समेत रहेका जोशीले २ जेठ ०७५ अघि सुदूरपश्चिम प्रदेश इन्चार्जमा रावल भएको बताउँदै अब पनि उनी नै प्रदेश इन्चार्ज हुने बताए । 

    एमाले कस्तो हुने भन्ने ३ असोजको केन्द्रीय समिति बैठकले निर्धारण गर्ने उनको भनाइ छ ।

    ‘आगामी ३ असोजमा एमाले केन्द्रीय समितिको बैठक बस्दैछ,’ उनले भने, ‘सो बैठकमा हुने निर्णयका आधारमा हामी एमालेमा रहने वा नरहने भन्ने निक्र्योल गर्नेछ, १० बुँदे विपरीत पार्टी गएमा हामी मान्दैनौं ।’ रावललाई १० बुँदे सहमति कार्यान्वयनका लागि गठित प्रदेशस्तरीय समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend