काठमाडौं - माधवकुमार नेपालको साथ छाडेका एमाले उपाध्यक्ष भीम रावलको बिजोग हुने भएको छ ।
सुदूरपश्चिममा आफूलाई निकै शक्तिशाली नेता ठान्ने रावललाई प्रेम आलेले पछाडि पारेपछि एमाले अध्यक्ष केपी ओलीले उनलाई इन्चार्जसमेत नदिने भएका छन् ।
एमाले २ जेठ ०७५ मा फर्केको भन्दै ओलीको साथ दिएका रावल अहिले तनावमा छन् । आफूभन्दा जुनियर लेखराज भट्ट जो माओवादी केन्द्रबाट आएका छन्, उनलाई ओलीले सुदूरपश्चिमको इन्चार्जबाट नहटाउने स्पष्ट पारेपछि रावलको ओठमुख सुकेको छ ।
एमाले २ जेठ ०७५ कै संरचनामा फर्केको हो भने रावल उपाध्यक्ष र इन्चार्ज दुवै स्वतः हुनुपर्ने हो । तर ओलीले कार्यदलले तयार पारेको १० बुँदे सहमतिसमेत धोती लगाइदिएका छन् । न योगेश भट्टराईलाई पार्टी प्रवक्ता दिएका छन्, न रावललाई इन्चार्ज नै ।
आइतबार बिहान बालकोटमा भएको छलफलमा ओलीले रावललाई इन्चार्ज नदिने, सुदूरपश्चिमको इन्चार्ज भट्ट नै रहने अडान राखेपछि रावन कालोनीलो अनुहार लगाएर बाहिरिएका थिए । माधव नेपालको साथमा रहँदा रावल ओलीका निकै आलोचक थिए ।
त्यसबेला ओली प्रधानमन्त्री थिए । ओलीले बालुवाटार बोलाएर रावललाई माधव नेपालको साथ छाडे कार्यवाहकको जिम्मा दिने आश्वासन दिएपछि उनी १९० डिग्रीमा फनक्क घुमेर ओलीको प्रशंसक बनेका थिए ।
रावलकै कारण एमालेका अरु नौ भाइले पनि माधव नेपालको साथ छाडेका छन् तर अहिले ती १० भाइलाई ओलीले बिरालोले मुसो खेलाएझैं खेलाउन थालिसकेका छन् । आउने १०औं महाधिवेशनमा पनि ओली नै अध्यक्ष बन्ने डिजाइन तयार भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।