काठमाडौं - यतिबेला एमाले अध्यक्ष केपी ओली नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अवाञ्छित गालीगलौजमा उत्रिएको विषयले निकै चर्चा परिचर्चा भइरहेको छ ।
तीन दिनअघि एमालेले आयोजना गरेको कार्यक्रममा ओली कुलमानविरुद्ध तल्लोस्तरमै उत्रिएर अफवाह फैलाएका थिए ।
यतिको सफेद झुट प्रधानमन्त्री भइसकेको व्यक्तिले बोल्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न अहिले चौतर्फी उठेको छ ।
कार्यक्रममा ओलीले कुलमान पहिलोपटक कार्यकारी निर्देशक हुँदा नक्कली ट्रान्सफरको सहर नै लागेको भन्दै उनको खिल्ली उडाएका थिए । करोडौं रुपैयाँमा नक्कली ट्रान्सफर किनेर प्रयोग नै नगर्ने व्यक्तिलाई फेरि विद्युत प्राधिकरणमा ल्याइएको भन्दै उनले सरकारको आलोचना गरेका थिए ।
ओली नै प्रधानमन्त्री भएका बेला कुलमान प्राधिकरणका कार्यकारी निर्देशक थिए । यदि कुलमानले नक्कली ट्रान्सफर्मर किनेका भए ओलीले किन कारबाही गर्न सकनेन् भन्ने प्रश्न जनताले उठाएका छन् ।
अर्काको चरित्रहत्या गर्ने किसिमले पार्टीको अध्यक्ष र पूर्वप्रधानमन्त्रीले यस्तो बोल्न मिल्ने कि नमिल्ने भन्दै सामाजिक सञ्जालमा ओलीको कडा आलोचना भइरहेको छ ।
ओलीले हेटौंडामा नक्कली ट्रान्सफर्मरको सहर लागेको अभिव्यक्ति दिएकै भोलिपल्ट प्राधिकरणले ट्रान्सफर्मर अभाव भएको भन्दै खरिदका लागि टेन्डर आह्वान गरेको छ । यदि ट्रान्सफर्मर धेरै भएको भए किन खरिद गर्नु पथ्र्यो भन्ने जनताले प्रश्न गर्न थालेका छन् । आफन्त हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकबाट हटाएको रिस ओलीले कुलमानविरुद्ध बोलेको प्रस्टै छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।