काठमाडौं – नेकपा एमालेभित्र शक्ति र गुटगत संघर्ष पुरानै हो । पछिल्ला केही महिनायता अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच देखिएको संघर्ष पार्टी विभाजनको तहसम्म पुग्यो ।
अन्तिम समयमा नेता नेपाललाई सघाउँदै आएका उपाध्यक्ष भीम रावल लगायत प्रभावशाली नेताहरूले साथ छाड्दै एमालेमै रहने निधो गरे । १० बुँदे सहमतिका नाममा उपाध्यक्ष रावलले अध्यक्ष ओलीसँग सहमति गराउनुको पछाडि सबै आश्चर्यचकित भएका थिए ।
अध्यक्ष ओलीका कटु आलोचक भीम रावल आखिरमा ओली पक्षमा कसरी लागे ? सबैको मनमा जिज्ञासा थियो । तर अब रावलले ओलीसँग गरेको बार्गेनिङ बाहिरिएको छ ।
उपाध्यक्ष रावलले नेकपा एमालेमा झन् शक्तिशाली हुने शर्तमा ओलीसँग हात मिलाएको रहस्य खुलासा भएको छ । नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीतिर लागेका ५५ केन्द्रीय सदस्यको रिक्त रहेको ठाउँमा उपाध्यक्ष रावल नेतृत्वको तेस्रो धारका नेताले केन्द्रीय सदस्य चयन गर्न पाउने भएका छन् । २०७५ जेठ २ गतेमा फर्किंदा रहेका केन्द्रीय सदस्यमध्ये ५५ जना एकीकृत समाजवादीतिर लागेका छन् ।
ओलीसँगको सहमतिअनुसार ५५ केन्द्रीय सदस्य रावल पक्षबाट चयन गरिने र त्यसका लागि रावल र सुरेन्द्र पाण्डेले नाम प्रस्ताव गर्ने भएका छन् । यसरी रावल एमाले पार्टीभित्र झन् प्रभावशाली हुँदैछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।