आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीसँग टाँसिएपछि भीम रावलले देखाए यस्तो रूप !

ओलीसँग टाँसिएपछि भीम रावलले देखाए यस्तो रूप !

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 5.2K
    SHARES

  • ओलीसँग टाँसिएपछि भीम रावलले देखाए यस्तो रूप !

    काठमाडौं – नेकपा एमाले उपाध्यक्ष भीम रावल कडा राजनीतिक टिप्पणी गर्छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदासम्म रावलले ओलीविरुद्ध कडा टिप्पणी गर्ने गरेका थिए । त्यतिबेला रावल वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक थिए ।

    यतिबेला नेता नेपाल पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष बनेका छन् । उपाध्यक्ष रावल अध्यक्ष ओलीसँग टाँसिएका छन् ।

    ओलीसँग टाँसिएपछि उपाध्यक्ष रावलले नेता नेपालको खुँखार विरोधी रूप देखाएका छन् ।

    उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत टिप्पणी गर्दै पार्टी विभाजन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने हो भन्नु आश्चर्यजनक रहेको बताएका छन् ।

    उपाध्यक्ष रावलले कांग्रेससँग सहकार्य गरेर पदमा जान खोज्नेले एमालेमा एकता गर्नेलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो रहेको बताएका छन् ।

    ‘दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा एमालेलाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो कुरा हो । अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो,’ उपाध्यक्ष रावलले लेखेका छन् ।

    पार्टी विभाजन हुँदा उपाध्यक्ष रावल नेपालतिर नगई एमालेमै रहेर ओलीसँग टाँसिएका थिए । एमालेमै बसेका आफूपक्षीय नेतालाई नेता नेपालले आरोप लगाउने गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend