शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्ड चीनको बफादार बनेपछि देउवाले दिनुपर्‍यो स्पष्टीकरण, देशलाई घाटा !

प्रचण्ड चीनको बफादार बनेपछि देउवाले दिनुपर्‍यो स्पष्टीकरण, देशलाई घाटा !

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 7.7K
    SHARES

  • प्रचण्ड चीनको बफादार बनेपछि देउवाले दिनुपर्‍यो स्पष्टीकरण, देशलाई घाटा !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हालै संयुक्त सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्‍यो । तर नेकपा माओवादी केन्द्रको समर्थनमा बनेको सरकार भएकाले कांग्रेसले आफूले चाहेका सबै कुरा न्युनतम कार्यक्रममा राख्न पाएन ।

    त्यसमध्येको एक हो – हुम्लामा चीनले गरेको सीमा अतिक्रमण । कांग्रेसले प्रतिपक्षमा हुँदा चीनले गरेको सीमा अतिक्रमणलाई जोडतोडका साथ उठाएको थियो । तर सरकारमा पुगेपछि चिनियाँ अतिक्रमणबारे बोल्ने सकिरहेको छैन । 

    यसबारे नेपाली कांग्रेसको पदाधिकारी बैठकमै कुरा उठेको छ । पदाधिकारी बैठकमा उपसभापति बिमलेन्द्र निधिले चीनले गरेको सीमा अतिक्रमणबारे प्रश्न गर्दै भने, ‘हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन, किन ?’

    उपसभापति निधिको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘राख्न खोजेको हो तर प्रचण्डले मानेनन् ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनप्रति बफादार रहँदै आएका छन् ।

    चिनियाँ कम्युनिस्ट नेता माओको आदर्शबाट प्रेरित भएर नेपालमा माअ‍ोवादी आन्दोलन चलाएका प्रचण्ड चीनप्रति बफादार रहँदै आएका छन् । चिनियाँ नेतासँग प्रचण्ड लगायत माओवादी नेताको विशेष सम्बन्ध छ । त्यही कारण प्रचण्डले नेपाली सीमा अतिक्रमण भएको जस्तो संवेदनशील विषयलाई सरकारी कार्यक्रमबाट हटाउन लगाएका कांग्रेस स्रोतले जनाएको छ ।

    चीनप्रति रहेको प्रचण्डको बफादारीले नेपाललाई घाटा लाग्ने भएको छ । कांग्रेसले उठाउँदै आएको सीमा अतिक्रमणको विषयलाई दबाउन प्रचण्डले गठबन्धन भत्किनेसम्मको चेतावनी दिने गरेको स्रोतले जनाएको छ । प्रचण्डले देउवा सरकारलाई समर्थन गरेर चीनप्रतिको बफादारी निभाइरहेका जनाइएको छ ।

    प्रमुख प्रतिपक्षी दल हुँदा नेपाली कांग्रेसले प्रेस विज्ञप्ति नै निकालेर हुम्लामा चीनले सीमा मिचिएको जनाएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले हतारमा सीमा मिचिएको छैन भनेर टिप्पणी गरेको र अहिले सीमा मिचिएको प्रमाण सार्वजनिक हुँदा पनि मौन बसेको भन्दै ढाकछोप गर्न लागेको आरोप लगाएका थिए ।

    विज्ञप्तिमा उल्लेख थियो, ‘सदरमुकाम सिमकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चीनले नेपालको सीमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयमार्फत्मार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो । सरकारको धारणालाई हामीले तत्कालै ‘हतारोको टिप्पणी’ संज्ञा दिएका थियौं ।’

    हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले गत असोज पहिलो हप्ता गरेको स्थलगत अध्ययनको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि असोज १४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुगेपछि कांग्रेसले सीमा अतिक्रमण भएको निष्कर्ष निकालेको थियो ।

    चीनसँगको सीमामा पिलर नम्बर ५–१२ सम्मको सीमा क्षेत्रमा टोलीले ११ दिन लगाएर गरेको अध्ययनले नाम्खाको लिमीमा चीन सरकारले करीब २ किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको निष्कर्ष कांग्रेसले निकालेको थियो ।

    विज्ञप्तिमा उल्लेख थियो, ‘दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सिमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend