काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आपसी भनाभन बन्द गरेर अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।
नेपाल पक्षको आज सोमवार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले अध्यक्षका रूपमा काम गर्ने गरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको स्रोतले जनाएको छ ।
एमाले भित्रको विवाद समाधानका लागि नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली पक्षका नेताहरूले अगाडि सारेका छन् । दोस्रो अध्यक्ष बनाउने प्रस्तावमा नेता नेपाल पक्षका केही नेताहरू सहमत देखिए पनि नेता नेपालले स्वीकार गरिसकेको अवस्था भने नरहेको जनाइएको छ ।
नेता नेपालले १० बुँदे सहमति अमूर्त भएको भन्दै ठोस सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका छन् । दोस्रो तहका नेताहरूले त्यस्तो प्रस्तावको ड्राफ्ट समेत तयार पारिसकेको र अबको केहीदिनमै २ अध्यक्षतात्मक प्रणाली रहने गरी सहमति जुट्ने स्रोतको दाबी छ ।
दुबै पक्षबीच सहमति गराउने प्रयासमा उपाध्यक्ष भीम रावल अग्रसर भएका छन् । उपाध्यक्ष रावल हाबी भएकाले नेपाल पक्षले सहमतिमै जोड दिएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।