आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलले गरे राजीनामा फिर्ता, आजको बैठकमा जान नपाउने

भीम रावलले गरे राजीनामा फिर्ता, आजको बैठकमा जान नपाउने

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ८ २०७८

  • 5.7K
    SHARES

  • भीम रावलले गरे राजीनामा फिर्ता, आजको बैठकमा जान नपाउने

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मतका सम्बन्ध पार्टी विभाजित हुँदा प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा नेकपा एमाले उपाध्यक्ष भीम रावलले फिर्ता लिएका छन् ।

    प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन गरेर सांसद रावलले साउन ३ गते राजीनामा बुझाएपनि सनाखन नभएका कारण स्वीकृत हुन सकेको थिएन ।

    उपाध्यक्ष रावलले सभामुख सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह अनुसार राजीनामा फिर्ता लिएको बताएका छन् । 

    उपाध्यक्ष रावलले संसद सचिवालयमा सम्पर्क गरेर राजीनामा फिर्ता गरेका छन् । राजीनामाको विषय संसद सचिवालयमै विचाराधीन रहेकाले उपाध्यक्ष रावलले आज बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुन नपाइने संसद सचिवालयले जनाएको छ ।

    प्रतिनिधि सभाको शुक्रवारको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको छलफलपछि उपाध्यक्ष रावलले राजीनामा फिर्ता गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend