मंगलवार, श्रावण १९ २०७८Aug 03 2021

Logo
images

बाबुरामले हिन्दू धर्मावलम्बीसँग निहुँ खोजेपछि उनकै पार्टीभित्र युवाको विद्रोह !

बाबुरामले हिन्दू धर्मावलम्बीसँग निहुँ खोजेपछि उनकै पार्टीभित्र युवाको विद्रोह !

  • मिडिया डबली
  • बिहिवार, श्रावण ७ २०७८

  • 1.1K
    SHARES

  • बाबुरामले हिन्दू धर्मावलम्बीसँग निहुँ खोजेपछि उनकै पार्टीभित्र युवाको विद्रोह !

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दू धर्ममाथि आघात पुग्ने अभिव्यक्ति दिएको भन्दै उनकै पार्टीका युवाहरूले विद्रोह गरेका छन् ।

    जसपाको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन पर्साका वरिष्ठ उपाध्यक्ष कृष्ण चौरसियासहित ११ जना युवाले राजीनामा दिएका छन् ।

    images

    उनीसँगै जिल्ला सचिव राजुराज गिरी, कोषाध्यक्ष सुशील यादव, सदस्यहरू सन्दीप चौहान, अंकुश मण्डल, प्रित्तम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले राजीनामाको घोषणा गरेका छन् ।

    बाबुरामले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत हिन्दू धर्मावलम्बीको आस्थामा आँच आउने अभिव्यक्ति दिएका थिए ।

    युवाहरूले भट्टराईको अभिव्यक्तिको विरोध गर्दै खेद प्रकट गरेका छन् । 

    यसअघि समेत भट्टराईले पटक–पटक हिन्दू धर्ममाथि अघात पुग्ने र हिन्दू समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिँदै आएकाले हाम्रो धर्म र संस्कृृतिमाथि आँच पुग्ने हुँदा बाबुराम संघीय परिषद् अध्यक्ष रहेको पार्टी निकट विद्यार्थी संगठनका पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिन बाध्य भएका चौरसियाले बताएका छन् ।

    समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा जनता समाजवादी पार्टी पर्सा, जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यालय काठमाडौं, समाजवादी विद्यार्थी युनियन केन्द्रीय कार्यालय काठमाडौं र समाजवादी विद्यार्थी युनियन, प्रदेश नम्बर २ जनकपुरलाई समेत बोधार्थ पठाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २ २०७७०६:२०:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology