आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एक्कासि किन ताते बाबुराम ?  दिए कसैलाई नछोड्ने चेतावनी !

एक्कासि किन ताते बाबुराम ?  दिए कसैलाई नछोड्ने चेतावनी !

  • मिडिया डबली
  • आइतवार, भाद्र १४ २०७७

  • 133.6K
    SHARES

  • एक्कासि किन ताते बाबुराम ?  दिए कसैलाई नछोड्ने चेतावनी !

    काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आइतबार समाजिक सञ्जालका माध्यमबाट आफुसँग आइलाग्ने कसैलाई नछाड्ने चेतावनी दिएका छन् ।

    नेता भट्टराईले सामाजिक सञ्जालमार्फत सम्बन्धमा आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आफू कसैमाथि जाइनलाग्ने तर कोही आफूमाथि आइलागेमा नछोड्ने चेतावनी दिएका हुन् ।

    डा भट्टराईले सामाजिक सञ्जालका सम्बन्धमा आफ्ना पाँच प्रतिवद्धता सार्वजनिक गर्दै अरुबाट सिक्ने र आफूले जानेका कुरा बाँड्ने, सत्य र न्यायको पक्षमा उभिने, शोषित–उत्पीडित–विभेदमा परेकाहरुको पक्षमा पैरवी गर्ने, जाइनलाग्ने तर आइलाग्नेलाई नछोड्ने र बुझेर बुझ पचाउने ठग र नबुझ्ने–बुझ्न नचाहने मुर्खदेखि टाढै बस्ने बताएका छन् ।

    "Social Media बारे मेरो प्रतिबद्धता:१.अरूबाट सिक्ने,आफुले जानेको बाँड्ने;२.सत्य र न्यायको पक्षमा उभिने;३.शोषित/उत्पीडित/विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने;४.जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने(tit for tat);५.बुझेर बुझ पचाउने ठग(crook)र नबुझ्ने/बुझ्ननचाहने मूर्ख(fool)देखि टाढै बस्ने!" नेता भट्टराईले ट्विटरमा लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:०५:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend