आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ओलीमाथि बाबुराम शाब्दिक आक्रमण, 'अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल'

ओलीमाथि बाबुराम शाब्दिक आक्रमण, 'अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल'

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 7.1K
    SHARES

  • ओलीमाथि बाबुराम शाब्दिक आक्रमण, 'अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल'

    काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीमा अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल रहेको टिप्पणी गरेका छन् ।

    न्युज एजेन्सी नेपालसँगको अन्तर्वातको क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विगतका धेरै आन्दोलन र अभियानविरुद्ध उभिएको व्यक्तिले सरकार चलाएकाले परिवर्तनको आशा गर्न नसकिने समेत बताएका छन् ।

    नेता भट्टराईले कोरोनाको ठूलो त्रासदीको समयमा जीव विज्ञान र भौतिक विज्ञानको नियमलाई बुझेर त्यस अनुरुपको नीति बनाउनुपर्ने तर ओली सरकारले त्यस्तो नगरेको टिप्पणी गरेका छन् । 

    उनले भनेका छन्, 'कोरोना भाइरसको संकटको असर सामाजिक र आर्थिक क्षेत्रमा पर्छ भन्‍ने बुझेर राज्यले सुरुदेखि नीति अपनाउनुपर्थ्यो।  क्रान्तिले बिगारेको होइन, क्रान्ति अपूरो गरी बिग्रेको हो। क्रान्ति भनेको त संरचनात्मक जुन परिवर्तन हो आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक राज्य व्यवस्थाको समग्र जुन परिवर्तन आउनुपर्थ्यो त्यो हाम्रो पूरा भएको थिएन।' 

    त्यस्तै, उनले अन्तर्वाताका क्रममा, 'तर, दुर्भाग्य हाम्रो राजनीतिक नेतृत्व खासगरी प्रधानमन्त्रीमा जुन प्रकारको अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल म देख्छु त्यसले गर्दा उहाँले यसको गम्भीरतालाई बुझ्न सक्नुभएको छैन। उहाँले आफ्नो महानता, बडोपन देखाउनलाई नचाहेको जस्तो गरेर अन्यत्र मोडिदिनुहुन्छ। त्यो कारणले गर्दा सुरुदेखि नै ठिक नीति नबनेकाे' बताए .

    पूर्वप्रधानमन्त्री भट्टराईले अघि भनेका छन्, 'यो केही पनि होइन हाँच्छ्यु गरेर जान्छ भन्‍ने ढंगले भन्नुको अर्थ के थियो भने यसको खास तयारी गर्नु पनि आवश्यक छैन मैले केही पनि नगर्नु स्वाभाविक हो मैले बुझेरै गरिराखेको छु भनेजस्तो उहाँले गर्नुभयो। जबकि त्यस्तै अमूर्ख (विद्वान्) शासकहरूले विभिन्‍न अरू देशमा पनि गरिराखेका छन्। त्यो कारणले गर्दा सुरुदेखि नै बिग्रिइहाल्यो। अरूको देखासिकी गरेर बन्दाबन्दी गर्नेसम्मको उहाँले गर्नुभयो। लकडाउन भनेको त समाधान त होइन।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:०५:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend