काठमाडौं - जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बलत्कारीलाई मृत्यूदण्डको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। बलत्कारका घटनामा राज्य नै दोषी रहेको पुष्टि भएकाले बलत्कारीलाई मृत्यूदण्ड दिने कानून ल्याउनुपर्ने उनको भनाई छ।
भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘राजतन्त्रकालमा नमिता, सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त, सम्झना विकसम्मको बलत्कार–हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भैसक्यो। अब यसो गरौँ । १) अपराधी नपकने, मुद्धा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कारबाही, २) अदालतमा छुट्टै बेन्चको स्थापना, ३) अपराधीलाई मृत्यू दण्ड।’
पछिल्लो पटक बझाङकी १२ वर्षीय वालिका सम्झना विकमाथि बलत्कार पछि हत्या भएको छ। निर्मला पन्तको घटना नसेलाउँदै अर्काे सोही प्रकृतिको घटना दोहोरिएको हो। बलत्कारीलाई कारबाही र फाँसीको माग गरी काठमाडौंसहित देशभर प्रदर्शन भइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।