मंगलवार, श्रावण १९ २०७८Aug 03 2021

Logo
images

राजीनामा फिर्ता गर्न भीम रावलले माधव नेपालसँग राखेको त्यो शर्त, पूरा होला ?

राजीनामा फिर्ता गर्न भीम रावलले माधव नेपालसँग राखेको त्यो शर्त, पूरा होला ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण ७ २०७८

  • 3.2K
    SHARES

  • राजीनामा फिर्ता गर्न भीम रावलले माधव नेपालसँग राखेको त्यो शर्त, पूरा होला ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा देखिएको विवादसँगै असन्तुष्ट बनेर राजीनामा दिएका उपाध्यक्ष भीम रावललाई भेट्न वरिष्ठ नेता माधवकुमार नेपाल उनकै निवास टोखा पुगे । त्यहाँ दुवै नेताबीच छलफल भयो ।

    छलफलका क्रममा नेता नेपालले उपाध्यक्ष रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरे । तर नेता रावलले यथास्थितिमा राजीनामा फिर्ता नहुने जवाफ दिए ।

    images

    नेता राललले आफू नेतृत्वको एकता कार्यदलले तयार पारेको १० बुँदे सहमति पत्रको स्वामित्व अध्यक्ष केपी शर्मा ओली र नेता नेपालले नलिइदिँदा सांसद पदबाट राजीनामा गरेको जवाफ नेपाललाई दिए ।

    हिजो बुधवार साँझ नेता नेपाल र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश शाहसहित १४ जना सांसदसँग आफ्नै निवास टोखामा भएको भेटवार्तामा रावलले राजीनामाको कारण पार्टीको विवाद रहेको स्पष्ट पारे ।

    मन्त्री शाहका अनुसार भेटमा नेपालले रावललाई राजीनामा फिर्ता लिन आग्रह गर्दै भने, ‘मेरो चाहना पनि सबै समस्याविरुद्ध एकसाथ लडौं भन्ने नै छ । साथीहरूको चाहना पनि तपाईंले राजीनामा फिर्ता लिनुहोस् भन्ने छ । राजीनामा फिर्ता गरिदिनुस् ।’

    उपाध्यक्ष रावलले आफूलाई एकताका लागि सक्रिय बनाएर दुबै पक्षका शीर्ष नेताहरूले सहमतिको स्वामित्व नलिएकोमा चित्त दुखेको जवाफ दिए । १० बुँदे सहमतिपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला नेकपा एमाले विभाजित बनेको थियो ।

    उपाध्यक्ष रावलले जवाफ दिए, ‘मैले एकताका लागि इमान्दारीपूर्वक भूमिका खेलें । यसमा पार्टी अध्यक्ष, वरिष्ठ नेता लगायत सबैले धन्यवाद दिनुपर्नेमा इमान्दारीपूर्वक स्वामित्व समेत लिने काम भएन । यसमा मेरो चित्त दुख्यो ।’

    नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदको बुधबार भएको भेलामा रावल सहभागी नभएपछि नेता नेपाल उनकै निवासमा पुगेका थिए । राजीनामा दिएर उपाध्यक्ष रावलले आफ्नो असन्तुष्टि प्रकट गरिसकेका थिए । रावलले राजीनामा दिएपछि सुदूरपश्चिमका मन्त्री र सांसदको टोली काठमाडौं आएर रावललाई भेटेपछि माधव नेपाललाई भेट्न कोटेश्वर पुगेको थियो । कोटेश्वरमा सुदूरपश्चिमका नेताहरूले भीम रावलसँग छलफल गर्न नेता नेपाललाई आग्रह गरेका थिए ।

    उपाध्यक्ष रावलसँगको भेटमा नेपालले भने, ‘पार्टी आन्दोलनका विषयमा एकैठाउँ बसेर सल्लाह गरौंला । अहिले राजीनामा फिर्ता लिनुहोस् । हाम्रो पार्टीको तर्फबाट तपाईं हामी सबैलाई माया गर्नेको तर्फबाट हो भन्ने सम्झिदिनुहोस् ।’

    जवाफमा उपाध्यक्ष रावलले भने, ‘मैले एकताका लागि पहल गरें । तपाईंले धन्यवाद दिनुपर्थ्यो । मलाई एकताका लागि भनेर पठाउने र उता एकता भाँड्ने काम भए । मलाई दुःख लाग्यो । एकतामा सक्रिय भएको मान्छेले विश्वासको मत कसरी दिने ?’

    सांसद कायमै रहँदा तटस्थ समेत बस्न नहुने मान्यता अनुसार आफूले राजीनामा दिएको उपाध्यक्ष रावलले स्पष्ट पारे । ‘मतदान नगरेर तटस्थ बस्ने राजनीतिको कुनै मत हुँदैन । कि त मतदान गर्ने कि अस्वीकार गर्ने हो । तटस्थ मित्रहरूबीच गरिने राजनीति होइन,’ रावलले भने ।

    उपाध्यक्ष रावलले राजीनामा फिर्ताका लागि १० बुँदे सहमतिलाई ओली र नेपालले ग्रहण गर्नुपर्ने, पार्टीमा सहमति गर्न सहमत हुनुपर्ने र पार्टी एकता हुनुपर्ने शर्त राखेका छन् । रावलले भने, ‘तपाईंहरू जस्तो शुभचिन्तक, सहयोद्धा र नेता कार्यकर्ताले आग्रह गर्नभएको छ । म यसबारे विचार गर्छु ।’

    पार्टी एकताका लागि रावलले राखेको शर्तजस्तै बुधबारको नेपाल पक्षका भेलाले समेत पार्टी एकतामा जोड दिने निर्णय गरेको छ भने एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउन सकिने धारणा राखेका छन् । एमालेमा एकताको विषय गम्भीरताका साथ उठिरहेकाले उपाध्यक्ष रावलको राजीनामा फिर्ता हुने सम्भावना देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology