आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजीनामा फिर्ताको चर्काे दबाबपछि के सोच्दैछन् भीम रावल ?

राजीनामा फिर्ताको चर्काे दबाबपछि के सोच्दैछन् भीम रावल ?

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 5.3K
    SHARES

  • राजीनामा फिर्ताको चर्काे दबाबपछि के सोच्दैछन् भीम रावल ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन आक्रोशमा आएर प्रतिनिधिसभा सांसद पदबाट राजीनामा दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलमाथि यतिबेला चर्काे दबाब छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि सुदूरपश्चिमका मन्त्री र सांसदले उपाध्यक्ष रावललाई राजीनामा फिर्ता गर्न दबाब दिएका छन् । तर नेता रावलले के सोचिरहेका छन् ?

    सुदूरपश्चिम प्रदेशका मन्त्री र सांसदले उपाध्यक्ष रावललाई भेटेरै सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । रावल निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले बताएका छन् ।

    मन्त्री शाहले भने, ‘सुदूरपश्चिमको अभिभावक, सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहन पर्छ । एमसीसी, कालापानी लगायतका सवाल कसले उठाउँछ भनेर हामीले भन्यौं । समग्र सुदूरपश्चिमकै लागि पनि राजीनामा फिर्ता लिनुपर्छ भनेर आग्रह गरेका छौं ।’

    भेटमा उपाध्यक्ष रावलले प्रदेशका नेताहरूको चासो र चिन्ता स्वभाविकै भएको बताउँदै आफू अकारण राजीनामा नदिएको स्पष्ट पारेका छन् । ‘पार्टीलाई एक बनाउन काम गरेको हुँ । कार्यदलमा संयोजकको भूमिका इमान्दारितापूर्वक निर्वाह गरें । अनैतिक राजनीतिमा लाग्नुभन्दा अलग हुन्छु भनेर राजीनामा दिएको हुँ । सबै साथीहरुको दबाब आएको छ, पुनर्विचार गर्ने कि नगर्ने निर्णयमा पुग्न सकेको छैन । हेरौं के हुन्छ,’ उपाध्यक्ष रावलको भनाइ उदृत गर्दै मन्त्री शाहले भने ।

    उपाध्यक्ष रावलको राजीनामापछि प्रदेशका मन्त्री शाह, कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का लगायत १३ जना काठमाडौं पुगेका छन् ।

    यसअघि एमाले केन्द्रीय कमिटी बैठकमार्फत अध्यक्ष ओलीले समेत राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend