आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजीनामा दिएका भीम रावललाई घेर्न सुदूरपश्चिमका ४ मन्त्री र १२ सांसद काठमाडौंमा, फिर्ता होला ?

राजीनामा दिएका भीम रावललाई घेर्न सुदूरपश्चिमका ४ मन्त्री र १२ सांसद काठमाडौंमा, फिर्ता होला ?

  • मिडिया डबली
  • मंगलवार, श्रावण ५ २०७८

  • 9.3K
    SHARES

  • राजीनामा दिएका भीम रावललाई घेर्न सुदूरपश्चिमका ४ मन्त्री र १२ सांसद काठमाडौंमा, फिर्ता होला ?

    काठमाडौं – प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई घेर्न सुदूरपश्चिम प्रदेश सरकारका ४ मन्त्री र १२ सांसद काठमाडौं आएका छन् ।

    नेता रावलको आवश्यकता संसदमा रहेको जनाउँदै सुदूरपश्चिमबाट दलबलसहित आएको टोलीले राजीनामा फिर्ता लिन दबाब दिएको छ ।

    सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीसहित ४ मन्त्री र १२ सांसद काठमाडौं आएका छन् ।

    संघीय संसदलाई रावलजस्तो राष्ट्रवादी नेताको आवश्यकता रहेकाले राजीनामा फिर्ता लिन दबाब दिन काठमाडौं आएको प्रदेश आर्थिक मामिला मन्त्री शाहले जानकारी दिए ।

    मन्त्री शाहले भने, ‘कालापानी लगायत राष्ट्रियताका मुद्दा अझै किनारा लागेका छैनन् । संसदलाई तपाईंजस्तो राष्ट्रवादी नेताको खाँचो छ भनेर राजीनामा फिर्ता गर्न आग्रह गरेका छौं ।’

    सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेभित्र नेता रावलको बर्चश्व छ । प्रदेश सभाका २५ मध्ये १८ सांसद रावलनिकट रहेका छन् । एमाले सांसदको टोलीले राजीनामा फिर्ता गराउन लिखित आग्रह गरेको छ ।

    जवाफमा उपाध्यक्ष रावलले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल दुबै पक्षको म्यान्डेट लिएर पार्टी एकता कार्यदलले गरेको सहमति कार्यान्वयन गरेर जानुको विकल्प नरहेको बताए ।

    ‘पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले कार्यदल ब्युँताएर जिम्मेवारी दिइसकेपछि कार्यदलले गरेको सहमति दुबै नेताले मान्नुपर्छ । एकतालाई जोगाउनुपर्छ । सहमति नमानेर अराजनीतिक गतिविधि हुन थालेपछि मैले राजीनामा दिएको हुँ,’ रावलले सुदूरपश्चिमका नेताहरूसँग भने । 

    यसअघि एमाले अध्यक्ष ओलीले समेत राजीनामा फिर्ता लिन नेता रावललाई आग्रह गरिसकेका छन् । उपाध्यक्ष रावलको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले टेबुलमा अड्किएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend