आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको आकस्मिक बैठक बस्दै, भीम रावलसहित यी ३३ जनालाई कारवाहीको तयारी

एमालेको आकस्मिक बैठक बस्दै, भीम रावलसहित यी ३३ जनालाई कारवाहीको तयारी

  • मिडिया डबली
  • सोमवार, श्रावण ४ २०७८

  • 7.0K
    SHARES

  • एमालेको आकस्मिक बैठक बस्दै, भीम रावलसहित यी ३३ जनालाई कारवाहीको तयारी
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

    च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सोमबार बिहान ११ बजे बस्न लागेको बैठकले कारवाही सम्बन्धी निर्णय लिनसक्ने जनाइएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले आईतबार नै आईतबारका लागि स्थायी कमिटीको बैठक र सोमबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका थिए ।

    पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको सोमबारको बैठक विधान महाधिवेशनमा केन्द्रित हुने जानकारी दिए । समसामयिक राजनीतिबारे छलफल भए पनि बैठकको एजेण्डा विधान महाधिवेशन भएको उनले बताएका छन् ।

    ‘मुख्यगरी विधान महाधिवेशनमा बैठक केन्द्रित हुन्छ,’ तामाङले भने । एमालेले साउन २५–२७ गते विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ ।

    प्रतिनिधि सभामा आईतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र अनुपस्थित हुने सांसदहरूबारे समेत बैठकले अनुशासनको कारवाही गर्ने तयारी गरिएको छ । ‘हिजोको घटनाबारे पार्टीको अनुशासनको कुरा अगाडि बढ्छ,’ कार्यालय सचिव तामाङले भनेका छन् ।

    नेकपा एमालेका १२१ सांसदमध्ये ३३ जनाले पार्टीको निर्णयको उल्लंघन गरेका थिए । नेता माधवकुमार नेपाल पक्षका १४ र ओली पक्षका ८ जना गरी २२ जनाले देउवालाई विश्वासको मत दिएका छन् भने नेपाल पक्षका १० जना मतदान प्रक्रियामा अनुपस्थित रहेका हुन् । सांसद भीमबहादुर रावलले मतदानअघि नै राजीनामा दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend