आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले गरे भीम रावलको माग पूरा, पार्टी एकता हुने सम्भावना बढ्यो !

केपी ओलीले गरे भीम रावलको माग पूरा, पार्टी एकता हुने सम्भावना बढ्यो !

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 8.0K
    SHARES

  • केपी ओलीले गरे भीम रावलको माग पूरा, पार्टी एकता हुने सम्भावना बढ्यो !

    काठमाडौं – नेकपा एमालेभित्र चर्किएको विवाद समाधानका लागि गठित कार्यदलमा नेता माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी कमिटी बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखे ।

    शुक्रबार दिउँसो पार्टी संसदीय दलको बैठक बोलाइएका बेला उपाध्यक्ष रावल नेतृत्वको कार्यदलले त्यो बैठकअघि स्थायी कमिटी बैठक बोलाएर विवाद मिलाउन आग्रह गर्‍यो ।

    रावल नेतृत्वको कार्यदलको माग पूरा गर्र्दै अध्यक्ष ओलीले भोलि शुक्रबार बिहान ११ बजे पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।

    भोलि शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बैठक बोलाइएको छ । अध्यक्ष ओली सरकारबाट बाहिरिएपछि पहिलोपटक बस्न लागेको बैठकमा नेता माधवकुमार नेपाल पक्षका सदस्यलाई समेत खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    एमालेमा नेपाल पक्षका २३ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपछि सरकारबाट बाहिरिएका अध्यक्ष ओलीले एमालेमा नेता नेपालले आत्मालोचना गर्ने ठाउँ समेत नरहेको अभिव्यक्ति दिएका छन् ।

    रावल नेतृत्वको कार्यदलको सुझावका आधारमा ओलीसँगको परामर्शमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका छन् । एमालेले भोलि शुक्रवार दिउँसो ३ बजे दलको बैठक बोलाएको छ । नेपाल पक्षका कार्यदल सदस्यको माग पूरा भएपछि एमालेमा सहमतिको सम्भावना बढेको स्रोतको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend