आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलले गराए एमालेमा सहमति : प्रधानमन्त्री ओली नै, लिखित खाका बनाइँदै

भीम रावलले गराए एमालेमा सहमति : प्रधानमन्त्री ओली नै, लिखित खाका बनाइँदै

  • मिडिया डबली
  • सोमवार, आषाढ २१ २०७८

  • 11.0K
    SHARES

  • भीम रावलले गराए एमालेमा सहमति : प्रधानमन्त्री ओली नै, लिखित खाका बनाइँदै

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा विवाद चर्किएका बेला आईतबार राति उपाध्यक्ष भीम रावलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि सहमति जुटेको छ ।

    स्रोतका अनुसार दुवै पक्षबीच अदालतको फैसलालाई स्वीकारेर अगाडि बढ्ने सहमति भएको छ ।

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको अवस्थामा पनि नेता माधवकुमार नेपाल पक्षले ओलीलाई नै प्रधानमन्त्री मान्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा एमालेका सांसदले गरेको हस्ताक्षर अदालतको फैसलासम्म मात्रै कायम रहने र त्यसपछि सबै सांसद ओलीको पक्षमा फर्किने सहमति जुटेको स्रोतले जनाएको छ ।

    बालुवाटारमा जुटेको सहमतिलाई अन्तिम रूपमा दिन यसअघि नै ओली र नेपालले गठन गरेका औपचारिक कार्यदलको बैठक बसेको छ । सोमबार बसेको बैठकको नेतृत्व ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ र नेपाल पक्षबाट भीम रावलले गरेका छन् ।

    पार्टीमा विवाद समाधानका लागि सकारात्मक प्रगति भएपछि कार्यदल ब्युँताइएको छ । भीम रावलले आईतवार राति अध्यक्ष ओलीसँग भेटेपछि कार्यदल ब्युँतिएको छ ।

    सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामाथिको बहस सकिएकाले त्यसबारे अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति भएको स्रोतले जनाएको छ ।

    अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेमा माधवकुमार नेपाललाई सम्मानजनक स्थान दिएर केपी ओलीको सरकारलाई निरन्तरता दिने विषयमा समेत सहमति जुटेको छ ।

    एमालेका सबै संरचनाहरु विक्रम संवत् २०७५ जेठ २ गतेकै अवस्थाबाट अघि बढाउन सहमति जुटिसकेको छ । दुबै पक्षका टोली सदस्यबीच ३ बुँदे सहमतिको खाका टुंग्याउन छलफल चलिरहेको स्रोतले जनाएको छ ।

    वार्ता कार्यदलमा ओली पक्षबाट नेम्बाङसहित विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट संयोजक भीम रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend