आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राति भीम रावल बालुवाटार छिरे, केपी ओलीसँग वार्ता, एमालेमा सहमति जुट्ला ?

राति भीम रावल बालुवाटार छिरे, केपी ओलीसँग वार्ता, एमालेमा सहमति जुट्ला ?

  • मिडिया डबली
  • सोमवार, आषाढ २१ २०७८

  • 6.6K
    SHARES

  • राति भीम रावल बालुवाटार छिरे, केपी ओलीसँग वार्ता, एमालेमा सहमति जुट्ला ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा विवाद चर्किरहेका बेला उपाध्यक्ष भीम रावलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    आईतबार राति ओली र रावलबीच करीब डेढ घण्टा छलफल भएको जनाइएको छ ।

    नेता रावलका स्वकीय सचिव एकेन्द्र कुवँरले रावल करीब ९ बजेतिर बालुवाटर प्रवेश गरेर ओलीसँग भेटवार्ता भएको जानकारी दिए ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन ओलीले माधव नेपाल पक्षका सांसदहरुलाई सोमवार साँझसम्मको अल्टिमेटम दिएका थिए । ओलीले निर्धारित समयमा हस्ताक्षर फिर्ता नभए पार्टी एकताको सम्भावना सकिने चेतावनी समेत दिएका थिए ।

    प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको फैसला आउनुअघि नै सहमति जुटाउन एमालेका दोस्रो तहका नेताहरु सक्रिय रहेका छन् ।

    केपी ओलीका पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल सहितका नेताहरु र नेपाल पक्षबाट घनश्याम भुसास, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य लगायतका नेताहरुले निरन्तर छलफल गर्दै आएपनि ठोस सहमति जुट्न सकेको छैन ।

    आईतवार बिहान मात्र नेताहरु नेम्वाङ, पौडेल र पोखरेलले नेता नेपाललाई भेटेका थिए । भेटमा ओलीसँग भेट गर्न नेता नेपाललाई आग्रह गरिएको थियो । तर नेपालले भेट्ने इच्छा नदेखाएको पौडेलले बताएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend