आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावल वाक्क हुँदाहुँदै एमालेमा नयाँ खिचडी पकाउने खेल ! को–को लागे नयाँ बाटो ?

भीम रावल वाक्क हुँदाहुँदै एमालेमा नयाँ खिचडी पकाउने खेल ! को–को लागे नयाँ बाटो ?

  • मिडिया डबली
  • मंगलवार, जेठ १८ २०७८

  • 6.2K
    SHARES

  • भीम रावल वाक्क हुँदाहुँदै एमालेमा नयाँ खिचडी पकाउने खेल ! को–को लागे नयाँ बाटो ?

    काठमाडौं – नेकपा एमालेमा चर्किएको विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल, भीम रावल लगायतलाई कारवाहीको निर्णय गरे ।

    नेपाल पक्षले नेता रावलको संयोजकत्वमा गठन गरेको वार्ता कार्यदललाई बेवास्ता गर्दै ओलीले स्थायी कमिटी बैठकबाट ११ जना नेतालाई पार्टीबाट निष्कासित गरिएको निर्णय गराएका थिए ।

    अध्यक्ष ओलीका यस्ता कर्तुत र व्यवहारले भीम रावल लगायत नेताहरू वाक्क छन् । ओलीसँग पुनः सहमति हुने र एमाले एकै रहने सम्भावना देखिरहेका छैनन् । तर एमालेका कतिपय नेताहरू भने नयाँ खिचडी पकाउन प्रयासरत छन् ।

    सोमबार राति ओली र नेपाल पक्षका नेताहरूबीच ४ घण्टा कुराकानी भएको जनाइएको छ । छलफलमा नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी भएका छन् भने ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी भएका छन् ।

    दुबै पक्षका नेताहरूले पार्टी एकता कायमै राख्ने र २०७५ जेठ २ गतेको अवस्थामा फर्किने अडानबारे छलफल गरेका थिए । दुबै समूहबीच अनौपचारिक छलफल भएकाले कुनै निष्कर्ष ननिस्किएको स्रोतले जनाएको छ ।

    अध्यक्ष ओलीले एमालेका थप १२ नेतालाई स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अगाडि बढाएका बेला सहमतिको प्रयास हुँदा कारवाही प्रक्रिया रोकिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न हस्ताक्षर गरेका २३ जनामध्ये ११ जनालाई निष्कासित गरिएको र १२ जनालाई निष्कासित गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

    प्रधानमन्त्री ओलीको पक्षबाट उपप्रधानमन्त्री एंव एमाले महासचिव ईश्वर पोखरेलले पटक–पटक वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई भेटेका छन् । तर सहमति हुन सकेको छैन ।

    बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई विजयी गराइएकोप्रति ओली आक्रोशित छन् । देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनलाई सघाएकोप्रति समेत एमालेमा आक्रोश छ । यस्तो बेला केही नेताहरू भने सहमतिको प्रयासमा लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend