आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलको इशारामा एमालेभित्र उथलपुथल, केपी ओली हेर्‍या हेर्‍यै

भीम रावलको इशारामा एमालेभित्र उथलपुथल, केपी ओली हेर्‍या हेर्‍यै

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 8.3K
    SHARES

  • भीम रावलको इशारामा एमालेभित्र उथलपुथल, केपी ओली हेर्‍या हेर्‍यै

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता भीम रावललाई पार्टीबाट निष्कासन गरेपनि उनको प्रभाव पार्टीभित्र बलियो देखिएको छ ।

    प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको एमाले बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिने निर्णय भए पनि नेता भीम रावलले ओलीको निर्णयलाई धक्का दिएका छन् ।

    सुदूरपश्चिम प्रदेशसभा एमाले संसदीय दलमा भीम रावल पक्षका बहुमत सांसद रहेकाले सरकार नछाड्ने निर्णय भइसकेको छ । यति मात्रै होइन, एमालेबाट सरकारमा थप मन्त्री नियुक्त गर्ने तयारी भएको छ । नेता रावलको इशारामा सुदूरपश्चिम एमालेभित्र उथलपुथल भएको छ ।

    नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा लालबहादुर खड्का नियुक्त भएका छन् । यसअघि प्रमुख सचेतक रहेका तारालामा तामाङ प्रदेश सरकारमा मन्त्री हुने निश्चित भएको स्रोतले जनाएको छ ।

    संसदीय दलका नेता तथा मन्त्री प्रकाशबहादुर शाहले खड्कालाई प्रमुख सचेतक नियुक्त गरेका छन् ।

    नेता शाहले दलको सचेतकमा दुर्गाकुमारी कामीलाई नियुक्त गरेका छन् । यसअघि अक्कल रावल सचेतक रहेका थिए । रावल समेत मन्त्री बन्ने प्रयासमा रहेका स्रोतले जनाएको छ । प्रमुख सचेतक, सचेतक नियुक्त भएका र मन्त्री बन्ने तयारीमा रहेका सबै भीम रावल पक्षका सांसद हुन् ।

    एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले भने सरकारमा रहेका मन्त्रीलाई कारवाही गर्ने तयारीस्वरूप स्पष्टीकरण सोधेका छन् ।

    pp.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend