काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा राजधानी काठमाडौं उपत्यकामा १ हप्ता थपिएको छ ।
उपत्यकामा ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा १ हप्ता थप्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्न पसल र तरकारी पसल १ हप्ता पूर्ण ठप्प गर्ने निर्णय भएको जानकारी दिए ।
‘अब तरकारीका पसल पनि खोल्न पाइने छैन । खाद्यान्न पसल र तरकारी पसल सबै १ हप्ता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौं । त्यसैले कडाइका साथ सबै अत्यावश्यक खाद्यान्न तथा तरकारी पसल सबै बन्द हुनेछन्,’ उनले भने ।
सीडीओ पराजुलीले १ हप्ताको निषेधाज्ञामा खाद्यान्न पसल र तरकारी पसल सबै बन्द गरेर छिट्टै काठमाडौं उपत्यकाबासीलाई सहज जीवनशैलीमा फर्काउन निर्णय गरेको बताए । राजधानीमा सवारीसाधन र बैंक तथा वित्तीय संस्थाको हकमा समेत थप कडाइ गरिने उनले बताए ।
काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदै थियो अब थप १ हप्ता निषेधाज्ञा हुनेछ । निषेधाज्ञाको समयमा समेत मानिसको आवतजावत र भीडभाड कम नभएको भन्दै अब थपिएको १ हप्ताको निषेधाज्ञा थप कडाइ गरिने ३ वटै प्रमुख जिल्ला अधिकारीले निर्णय गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।