आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्रीले नै ‘केपीले भनेको मान्दैनौं, हाम्रो नेता भीम रावल हुनुहुन्छ’ भनेपछि एमालेभित्र खैलाबैला

मन्त्रीले नै ‘केपीले भनेको मान्दैनौं, हाम्रो नेता भीम रावल हुनुहुन्छ’ भनेपछि एमालेभित्र खैलाबैला

  • मिडिया डबली
  • मंगलवार, जेठ ११ २०७८

  • 33.8K
    SHARES

  • मन्त्रीले नै ‘केपीले भनेको मान्दैनौं, हाम्रो नेता भीम रावल हुनुहुन्छ’ भनेपछि एमालेभित्र खैलाबैला

    काठमाडौं – नेकपा एमालेभित्र असन्तुष्ट माधवकुमार नेपाल पक्षका नेता भीम रावल कारवाहीमा परेका छन् । रावललाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णयसँगै सोमबार एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ ।

    पार्टी केन्द्रले दिएको निर्देशन सुदूरपश्चिममा लागू हुने देखिँदैन । सुदूरपश्चिम सरकारमा रहेका मन्त्रीहरू एमालेभित्रको माधवकुमार नेपाल पक्षका रहेकाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको निर्णय कार्यान्वयन नहुने देखिएको छ ।

    यसअघि चैत्र १५ गते नै एमालेको ओली पक्षीय प्रदेश कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भएपनि पार्टी संसदीय दलले नमानेपछि कारवाहीको प्रक्रियामा गएन । संसदीय दलमा समेत माधव नेपाल पक्षको बहुमत छ ।

    प्रदेश कमिटीको निर्णय केन्द्रमा सिफारिस भएपछि स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिएको एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

    तर सुदूरपश्चिम प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री माया भट्टले ओलीको निर्णय नमान्ने बताइन् । ‘केपी ओली समूहले भनेको हामी मान्दैनौं । सुदूरपश्चिममा हाम्रो नेता भीम रावल हुनुहुन्छ, उहाँले भनेको मान्छौं । नत्र अरुले भनेको मान्दैनौं,’ मन्त्री भट्टले भनिन् ।

    मन्त्री भट्टले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काए मात्रै सबै निर्णय मान्ने बताएकी छन् । ‘हामी केपी ओलीलाई केन्द्रीय अध्यक्ष पनि मान्दैनौं । नवौं महाधिवेशन अनुसार मान्ने भए केपी ओली हाम्रो अध्यक्ष हुन् तर उहाँले माओवादीलाई लिएर पार्टी बनाउनु भन्नुभयो । उहाँ लेखराज भट्टको अध्यक्ष हुन्, हाम्रा होइनन्,’ उनले भनिन् ।

    नेता भीम रावललाई कारवाही गरेको सन्दर्भमा समेत मन्त्री भट्टले असन्तुष्टि व्यक्त गरेकी छन् । ‘उहाँलाई भीम रावललाई कारबाही गर्ने अधिकार नै छैन । भीम रावल उपाध्यक्ष हुँदा मात्रै ओली अध्यक्ष हुन्,’ मन्त्री भट्टले भनिन्, ‘केपी ओलीले फिर्ता हुनु भन्दैमा हामी फिर्ता हुँदैनौं । हामी यस विषयमा सांसदहरुसँग सल्लाह गर्छौं ।’

    प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सरकारबाट फिर्ता हुने निर्णय लिने जिम्मा संसदीय दलको रहेको बताए । संसदीय दलले सरकारबाट फिर्ता हुने निर्णय गरेपछि मात्रै फिर्ता हुने सुवेदीले बताए ।

    सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले संयुक्त रूपमा सरकार चलाइरहेका छन् । माओवादीका तर्फबाट मुख्यमन्त्रीसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन् भने एमालेको तर्फबाट ३ मन्त्री सरकारमा छन् ।

    आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, वन तथा वातावरण मन्त्री माया भट्ट सरकारमा छन् । शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।

    अर्काेतिर, एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले २४ घण्टाभित्र सरकारबाट फिर्ता नआएर कारवाही गरिने चेतावनी दिए । ‘पार्टीको स्थायी कमिटीको निर्णय उहाँहरुले पालना गर्नुहुन्छ,’ अध्यक्ष थापाले भने, निर्देशन अनुसार सरकारबाट फिर्ता नभए कारवाही हुन्छ ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अब ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् ।  विश्वासको मत लिँदा कर्णाली प्रदेशमा जस्तो फ्लोर क्रस हुने सम्भावना बढी रहेको नेपाल पक्षीय स्रोतले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । माओवादी केन्द्रका १३ नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद रहेका छन् । सरकार बनाउन प्रदेशमा २७ सांसद आवश्यक पर्नेछ । एमालेका सबै सांसद एकमत हुने सम्भावना निकै कम रहेकाले मुख्यमन्त्री भट्ट सुरक्षित जस्तै देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend