काठमाडौं – नेकपा एमाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको पहिलो बैठक मंगलबार सकिएको छ ।
बैठकले विवाद समाधान सम्बन्धी कार्यविधि र आचारसंहिता बनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकले कार्यविधि र आचारसंहिता तयार पार्ने निर्णय गरेको नेता माधवकुमार नेपाल पक्षको वार्ता टोलीका संयोजक तथा पार्टी स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् ।
‘आचारसंहिता र कार्यविधि तुरुन्त तयार पारी लागू गर्ने । एकआपसमा अविश्वास, असहयोग हुने क्रियाकलाप नगर्न बैठक हार्दिक आग्रह गर्दछ,’ संयोजक रावलले भने ।
बैठकमा ओली पक्षका नेताहरू शंकर पोखरेल र विष्णु पौडेल उपस्थित थिएनन् । बैठक भोलि बुधबार फेरि बस्ने तय भएको छ ।
यस्ता छन् निर्णय -

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।