आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली र माधव नेपालको बैठक सकियो, भीम रावल र सुवास नेम्वाङलाई नेतृत्व !

केपी ओली र माधव नेपालको बैठक सकियो, भीम रावल र सुवास नेम्वाङलाई नेतृत्व !

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 7.4K
    SHARES

  • केपी ओली र माधव नेपालको बैठक सकियो, भीम रावल र सुवास नेम्वाङलाई नेतृत्व !

    काठमाडौं – नेकपा एमालेको विवाद मिलाउने विषयमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको छलफल सकिएको छ ।

    छलफलले पार्टी भित्रको विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन गरेको छ ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज आईतवार सिंहदरबारमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको छ ।

    कार्यदलको नेतृत्वमा भीम रावल र सुवासचन्द्र नेम्बाङले गर्ने भएका छन् ।

    कार्यदलमा ओलीको तर्फबाट सुबासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहने छन् भने नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहने छन् ।

    कार्यदललाई ३ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने समयावधि दिइएको जनाइएको छ । वार्तापछि अध्यक्ष ओलीले एमाले भित्रको विवाद हल हुने प्रतिक्रिया दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend